Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक

Friday, August 2, 2024 Devil Singh Rajput

काठमाडौँ । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी आर सुजनको शब्द, सङ्गीत र आशिष् अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।

डी आर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी रहेको छ । भिडियोलाई डी आर सुजनले नै निर्देशन गरेका हुन भने गीत डी आर सुजन कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।