Sunday 5th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

नेपाल डेरी एशोसिएस​न​को आयोजनामा खिर खाने कार्य​क्र​म सम्पन्न

Tuesday, July 30, 2024 Devil Singh Rajput

काठमाण्डौं । नेपाल डेरी एशोसिएस​न​ले डेरी ईण्ट​र​प्रेन​र​ अप्टिमिस्टिक क्ल​ब​ अफ​ काठ्माण्डौसँगको स​हकार्य​मा मंगलबार खिर खाने कार्य​क्र​म आयोज​ना ग​रेको छ​ । एशोसिए​स​न​ले श्राव​ण​ १५ को अव​स​र​मा कार्य​क्र​म​ आयोज​ना ग​रेको हो। नेपाल​ उद्योग वाणिज्य​ म​हास​घं​का व​स्तुग​त​ उपाध्य​क्ष​ हेम​राज​ ढ​काल​को प्र​मुख​ आतिथ्य​ता त​था डेरी एशोसिएस​न​का अध्य​क्ष​ प्र​ल्हाद​ दाहाल​को स​भाध्य​क्ष​तामा आयोजित​ कार्य​क्र​म​मा अप्टिमिष्टिक क्ल​ब​ अफ​ नेपाल​का डिष्ट्रिक ग​भ​र्न​र​ प्र​काश​ घिमिरे, नेपाल डेरी एशोसिएसनका पूर्व​ अध्य​क्ष​ सुमित​ केडिया, डेरी साइन्स एसोसिएसनका अध्यक्ष सियाराम​ प्र​साद​ सिंह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपाल चेम्बर अफ कमर्स, निर्यात व्यवसायी महासंघ, एन प्याब्सन लगायतका संघ संस्था संबद्ध म​हानुभाव ल​गाय​तको उपस्थिति र​हेको थियो ।

सो अव​स​र​मा प्र​मुख​ अतिथिको आस​न​बाट​ बोल्नुहुँदै उपाध्य​क्ष​ ढ​काल​ले खिर​को सांस्कृतिक म​ह​त्व ज्यादै र​हेको र​ यो स्वास्थ्य​का लागि लाभ​दाय​क र​हेकाले प​नि प्र​त्येक ब​र्ष​ श्राव​ण​ प​न्ध्र​लाई नेपाल​मा खिर​ खाने दिन​का रुप​मा म​नाउने ग​रिएको उल्लेख​ ग​र्नुभ​यो । साथै, उहाँले हालै सार्व​ज​निक मौद्रिक नीति खुकुलो र​हेको ब​ताउनुहँदै स​र​कार​ले प्र​योग ग​र्ने भाषा स​मेत​मा केहि सुधार​को आभाष पाईएको ज​नाउनुभ​यो । उहाँले डेरी एशोसिएस​न​ले थाल​नी ग​रेको मोही अभियान​ले सार्थ​कता प्राप्त​ ग​र्दै ग​एकोमा खुसी स​मेत​ व्य​क्त​ ग​र्नु हुँदै सबल नेतृत्वको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल डेरी एशोसिएस​न​का अध्यक्ष प्र​ल्हाद​ दाहाल​ले स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको र यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गरेको बताउनुभयो। उहाँले आज देशभर करिव ९० लाख दूध खपत भएको र यसबाट झन्डै ६५ करोड रुपैयाँ बराबर कारोबार भएको अनुमान गरिएको पनि जानकारी गराउनुभयो ।

सो अवसरमा उपस्थित सबैलाई खाजाको रुपमा खिर खुवाइएको थियो भने अतिथिहरुलाई काठको ठेकी मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।