Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

श्रावण १९ गते शनिवार ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुने

Friday, July 26, 2024 Devil Singh Rajput

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३:३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ ।  जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात् १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने ।

ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।

प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट् ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९:१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन् ।

बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।

टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।