Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

Wednesday, July 24, 2024 National Power

काठमाण्डौ – चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् । प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ को भव्य उद्घाटन गरेका छन् । यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका छन् । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छिन् ।

बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् । यसैगरी चलचित्र बर एन्ड बधुको नयाँ गीत तिमीसँगको भिडियो लोकापर्ण समारोह सम्पन्न गरे लगत्तै निर्देशक मिलन चाम्स बेलायत तर्फ उडेका थिए ।

शो उद्घाटन समारोहमा गोर्खा वारियरका निर्माता सुमन राईलाई अनुग्रहको तेश्रो शोरुमको लागि शुभकामना व्यक्त गरे । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको उनले बताए । यस्तै दुई वटा शोरुमको सफलतापछि आफुहरुले ग्राहकबाट पाएको अपार मायाँका कारण आज अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफुहरु सफल भएको यसका अध्यक्ष सुमन राईले बताए ।

बेलायतमा यसका अन्य शोरुमहरु पनि खोल्दै जाने योजना पनि उनले सुनाए । अनुग्रह कम्पनीमार्फत आफुहरुले आधिकारिक बिक्रेताको रुपमा बेलायतका लागि रोलेक्स घडीको विक्री वितरण सेवा सुरुगर्न लागेको पनि उनले जानकारी गराए । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत उनले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।