Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जनचेतना नेपालको चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी कार्यशाला सम्पन्न

Thursday, July 4, 2024 National Power

काठमाण्डौ – नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको विशेष सहयोगमा जनचेतना नेपालले झापाको बुद्धशान्तिमा नेपाली चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी कार्यशाला २०८१ चलचित्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि राजनीतिज्ञ व्यक्तिहरूको उपस्थितिमा १५० युवाहरूको सहभागितामा सम्पन्न गरेको छ।

कार्यक्रम जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको सभापतित्वमा सम्पन्न गरेको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री नेपाली कांग्रेस केन्द्रीय सदस्य माननीय सरिता प्रसाईंज्यु, विशिष्ट अतिथि कोशी प्रदेश माननीय चिन्तन पाठक, बुद्ध शान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई , विशिष्ट चलचित्र निर्माता अभिनेता चिरञ्जीवी बस्नेत, चलचित्र सङ्घका केन्द्रीय सदस्य मिराज पोखरेल , चलचित्र द्वन्द कलाकार संघका कोशी प्रदेश अध्यक्ष विपिन प्रसाई , वरिष्ठ चलचित्रकर्मी कुमार सिलवाल , चलचित्र निर्माता प्रकाश मेचे, जनचेतना नेपालका झापा जिल्ला अध्यक्ष शिवकुमार मैनाली ,दुर्योधन राजपुत ,मनोरथ तिवारी, विष्णु उप्रेती मैनाली ,गोकुल पौडेल, तुलसा खतिवडा लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा रहेको कार्यक्रमको व्यवस्थापन रोहित नेपालले गर्नुभएको थियो ।

निर्माता निर्देशक चिरञ्जीवी बस्नेत चलचित्र संघका केन्द्रीय सदस्य मिराज पोखरेल चलचित्र द्वन्द निर्देशक सङ्घ कोशी प्रदेशका अध्यक्ष विपिन प्रसाईले चलचित्र कार्यशालासम्बन्धी औचित्य प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा जनजनमा चेतना फैलाउने विभिन्न संघसंस्था सामाजिक व्यक्तित्वहरूलाई जनचेतना सम्मान २०८१ बाट सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा मनोज प्रसाई, ज्ञानेन्द्र निरौला, मनिष दाहाल, मदन प्रसाई, रुद्र चापागाईं, बुद्ध शान्ति गाउँपालिका लगायत जनचेतना नेपालका राष्ट्रिय परिवेक्षकहरुलाई कदरपत्रबाट सम्मानित गरिएको थियो।

जनचेतना नेपालले निर्माण गरेको बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र युवा उत्प्रेरणा पनि प्रदर्शन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सरिता प्रसाई, चिन्तन पाठक, मनोज प्रसाई, मनोरथ तिवारी, तुलसा खतिवडा लगायतले संस्थालाई शुभकामना साथै चलचित्रमा पर्यटन तथा युवाहरूको बारेमा धारणा राख्नुभएको थियो भने गजलकार पदम निरौलाले गजल प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गीता खनाल कोइरालाले गर्नुभएको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य जनचेतना नेपाल झापा जिल्ला अध्यक्ष शिवकुमार मैनालीले गर्नुभएको थियो ।

कार्यक्रममा पर्यवेक्षकहरुको अनुभवको बारेमा निराजन गौतमले आफ्नो धारणा राख्नु भएकाे थियो चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका २०८१ मा भाग लिनुहुने १५० युवाहरूलाई प्रमाणपत्र वितरण गरी मौलिक परम्परासहित असार१५काे दहिचिउरा खाने कार्यक्रम गरी कार्यक्रम संस्था का अध्यक्ष कार्यक्रमका सभापति बालकृष्ण निरैलाले सम्पूर्ण उपस्थित हरुलाई धन्यवाद दिदै भव्य र सव्य रुपमा कार्यक्रम समापन भएको थियो ।

-झापा सम्वाददाता