Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

स्काईवाक टावरमा भिभो वाई २८ को उडानः लगातार मनोरञ्जनको लागि अद्वितीय ब्याट्री जीवन

Thursday, July 4, 2024 Devil Singh Rajput

नयाँ प्रविधि र नवीनताको एक अर्को कीर्तिमान स्थापित गर्दै, भिभोले आफ्नो वाई शृंखलाको अत्यन्तै उत्कृष्ट सदस्य भिभो वाई २८ काठमाडौँ कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन ः परिभाषित गरेको छ ।

डिजाइनको सन्दर्भमा भिभो वाई २८ , दुई अद्वितीय रङ ः ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा मोड्युल छन्, जसमा डाइनामिक लाइट समावेश छ , जसले संगीत र नोटिफिकेसनसहरूसँग सिङ्क गरी एक आकर्षक दृश्य र श्रवण अनुभव प्रदान गर्दछ । भिभो वाई २८ विशाल ६००० एमएएच ब्याट्री संग सुसज्जित छ, जसमा ४४ वाट फ्ल्यास चार्ज पनि छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ , जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० % क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।

साथै, भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ, जसले स्पष्ट दृश्य र कम आँखा थकान सुनिश्चित गर्दछ । यस स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्दछ । डुअल स्टीरियो स्पिकरको साथ ३०० % अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेराले सबै विवरणलाई स्पष्टतासहित क्याप्चर गरी प्रयोगकर्ताहरूलाई प्रशंसनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ । ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा औरा स्क्रिन लाइटसँग सुसज्जित छ, जसले सेल्फीहरूलाई अझ उज्यालो र जीवन्त तुल्याउछ ।

प्राविधिक प्रगतिमा भिभोको प्रतिबद्धतालाई अनुसरण गर्दै, भिभो वाई २८ ले स्मार्टफोनले के गर्न सक्छ भन्ने सीमाहरूलाई पार गर्दछ । भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराज मार्फत रु. २४,९९९ मा ८÷१२८ जीबी र रु. २६,९९९ मा ८÷२५६ जीबीमा उपलब्ध हुनेछ । भिभो वाई २८ कुनै पनि प्रयोगकर्ताको लागि आदर्श साथीको रूपमा उदाउँदो आधुनिक प्रयोगकर्ताहरूको विविध आवश्यकताहरू पूरा गर्न तयार छ ।