Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी

Tuesday, July 2, 2024 National Power

काठमाडौँ – आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य र ऐतिहासिक कार्यको होष्टेमा हैसे गरिरहेका छन । अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ ।

कार्यक्रम स्थल वनकाली हंसमण्डप,कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ । उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमासयौको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन ।त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ । यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।