Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा ‘एल्महर्स्ट पार्क’को सरसफाइ‍‍‌

Wednesday, June 26, 2024 National Power

अमेरिका – न्यूयोर्कमा रहेको एल्महर्स्ट पार्कको सफाइ गरिएको छ। २२ जुन, २०२४ मा दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा न्युयोर्कका डेढ दर्जनभन्दा बढी नेपाली–अमेरिकन सॅघ संस्था मिलेर पार्कको सरसफाइ गरिएको हो।

सरसफाइ कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। न्यूयोर्क क्वीन्सको ग्रयान्ड एभी र ५७ एभी. को बीचमा रहेको ६/२२ एकड जमिनमा फैलिएको पार्कको सफाइ गरिएको दिलकुमारी केसी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा दक्षिण एसिया महादेशका सल्लाहकार नवराज केसीले जानकारी दिए।

अमेरिकाको न्यूयोर्कमा रहेका कम्यूनिटीहरुमा नेपाली समाज भने सरसफाइ कार्यक्रममा सधै अग्र स्थानमा रहेको केसीले बताए। सरसफाइ कार्यक्रममा उपस्थित भएका विभिन्न संस्थाका प्रतिनिधिले आआफ्ना धारणा व्यक्त गरेका थिए। पार्कका सुपरभाइजार लगायत ५४ जनाले लगभग तीन घन्टा खर्चिएर पार्क सफा गरेका थिए।

कार्यक्रममा सहभागी भएका रोटरी क्लब क्वीन्स न्युर्कका प्रिजिडेन्स हन्सराज जोशीले बिगत केहि वर्षदेखि नेपाली समाजहरूले पनि क्वीन्स ब्रोमा कम्युनीटिको लागि खाद्यान्न वितरण तथा पार्क सरसफाई गर्दै आएका बताए।

सरसफाइ कार्यक्रमका विभिन्न कम्पनीका प्रतिनिधिहरुमा दिलकुमारी केसी मेमोरियल फाउन्डेशनका अध्यक्ष नवराज केसी, गोर्खा समाज यूएसएका अध्यक्ष खमलाल भट्ट, श्री धननारायण तथा र्बाजा फाउन्डेशन अमेरिकाका अध्यक्ष लकेश श्रेष्ठ, हामी नेपाली ग्लोबलका प्रायोजक केशव राम राई, गोर्खाली समाज न्यूयोर्कका अध्यक्ष ओम विश्वकर्मा, रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सका अध्यक्ष हंसराज जोशी, बीटी फाउन्डेशनका अध्यक्ष विश्व बास्तोला, तारा किसन फाउन्डेसनका अध्यक्ष किशन धामी, हिमालय कल्चरल एकेडेमीका अध्यक्ष अभया ढुंगेल, पिएआर फाउन्डेशनका कार्यकारी निर्देशक टिका ढकाल, काठमाडौं समाजका अध्यक्ष राजेश हमाल लगाएत दर्जनौँको सहभागिता रहेको थियो । त्यस्तै पार्कका सामुदायिक संयोजक एलेजेन्ड्रा भानेगसको समेत सहभागिता रहेको थियो। कार्यक्रममा न्यूयोर्क शहर मेयरको कार्यलयका सुकरानी धनपत पनि सहभागी थिए।