Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘एलजी सिने सर्कल अवार्ड’को सातौं संस्करण सम्पन्न

Monday, June 3, 2024 National Power

काठमाडौं-सातौं संस्करणको ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एक विशेष समारोहबीच शुक्रबार अवार्डको सातौं संस्करण सम्पन्न भएको हो । समारोहमा वरिष्ठ मेकअपम्यान अशोक रोक्का तथा दृष्य सम्पादक नरेन्द्र खड्कालाई ‘दीर्घ साधना सम्मान’ अर्पण गरिएको थियो । रोक्का र खड्कालाई जनही ५१ हजार रुपैयाँ र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान अर्पण गरिएको थियो ।

समारोहमा ‘बगान’ चलचित्रबाट अञ्जु पन्तले पाश्र्व गायिका विधाको अवार्ड प्राप्त गर्नुभयो भने निशान भट्टराईले ‘परदेशी-२’ बाट उत्कृष्ट पाश्र्व गायकको अवार्ड चुम्नुभयो । विभिन्न २३ विधामा अवार्ड प्रदान गरिएको समारोहमा पोस्टर डिजाइनरमा राकेश दाहाल (बुलाकी)बाट, स्टण्टमा लक्ष्मण सेञ्चुरी (काँडेतार)बाट, भिएफएक्समा अनुपम गौतम शर्मा (उपहार)बाट, द्वन्द निर्देशकमा श्री श्रेष्ठ (अगस्त्य)बाट र कोरियोग्राफरमा रामजी लामिछानेलाई (नांगो गाउँ)बाट अवार्ड प्रदान गरिएको थियो ।

यस्तै, संगीतकारमा सुवास भुसाल (बगान)बाट, छायांकारमा सुशन प्रजापति (दिमाग खराब)बाट, खलनायकमा प्रमोद अग्रहरि (अगस्त्य)बाट, पटकथामा उपेन्द्र सुब्बा (जारी)बाट, नव-निर्देशकमा उपेन्द्र सुब्बा (जारी)बाट, ट्रेण्ड सेटर्स अवार्डमा रामबाबु गुरुङ (निर्देशक) तथा (प्रदीप भट्टराई)बाट र ग्रस कलेक्सन अवार्ड चलचित्र ‘जारी’ले चुमेको छ । यस्तै, निमेष श्रेष्ठले ‘दिमाग खराब’बाट र
दयाहाङ राई/मिरुना मगरले ‘जारी’बाट अवार्ड चुम्नुभयो ।

यसैगरी क्रिटिक्स अवार्डमा अभिनेता नरेन खड्कालाई र अभिनेत्री सुरक्षा पन्तलाई ‘बुलाकी’बाट र निर्देशक प्रदीप शाहीलाई ‘अन्तिम संस्कार’बाट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक उद्योगपति वरुण चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने दिनेश डिसीले सञ्चालन गर्नुभएको थियो ।

समारोहमा लोकप्रिय गायिका देविका बन्दना र गायक यम बरालले आफ्ना कालजयी गीत प्रस्तुत गर्नुभएको थियो । अवार्डको जुरी सदस्यमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्वन्द्व निर्देशक एनबी महर्जन, निर्देशक दिनेश डिसी र पत्रकार कृष्ण भट्टराई रहनुभएको थियो ।