Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दाल गेडागुडी आयातमा लगाईएको १० प्रतिशत अग्रिम आयकरले उद्योग जोखिममा : नेपाल चामल तेल दाल उद्योग संघ

Monday, June 3, 2024 Devil Singh Rajput

काठमाण्डौ। नेपाल चामल तेल दाल उद्योग संघले आर्थिक बर्ष २०८१/०८२ मार्फत नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री वितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा लगाइएको १० प्रतिशत अग्रिम आयकरमा विरोध जनाएको छ ।

कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसंग प्रतिस्पर्धा गर्न नसकी यहांको उद्योग बन्द हुने भएको संघको भनाई छ ।

कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा स्वदेशी उद्योग टिक्न नसकिने संघको ठहर छ । हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ । योसंगै अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भंसारमै बुझाउने व्यवस्था गरेको छ । यसरी कर माथी कर थपिंदा दाल गेडागुडी महंगो हुने संघले जनाएको छ ।

नेपालमा करीब ३५ बटा दाल उद्योग संचालनमा रहेका छन् ।दाल उद्योगमा लगभग ३५ अर्बको लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाईरहेकाछन् । यि उद्योगले नेपाल सरकारलाई निरन्तर कर बुझाई राजश्वमा पनि योगदान दिंदै आएका छन् । कुनै उद्योगलाई १० प्रतिशत अग्रिम आयकर लगाउने सरकारको मनसाय नभएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको हुन सक्ने समेत संघले निचोड निकालेको छ ।

एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरु र गानाहरु भएकोमा आलु प्याजहरु यस्तै हार्मोनिक कोड संगै भएकोले दालमा पनी त्रुटीपुर्ण त्यही लाईनमा समावेश भएको हुन सक्ने आकलन संघको छ ।

‘कच्चा दालमा १० प्रतिशत अग्रिम करको नीति उपयुक्त देखिदैन किनभने एकातर्फ सरकारले खुद नाफामा २० प्रतिशत सिमित गरीरहेको छ भने अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्युनतम खुद नाफामा ५० प्रतिशत हुनु पर्ने देखाउछ । यो अवस्थामा अब कसरी उद्योग चलाउने । आफ्नो सम्पूर्ण पूंजिनै अग्रिम आयकरको रुपमा जम्मा भई उद्योग संचालन गर्न नसक्ने हुंदा उद्योग बन्द हुने अवस्था सिर्जना हुन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ।