Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले गरे बेबी बुद्ध मूर्ति प्रदर्शन

Friday, May 24, 2024 Devil Singh Rajput

लुम्बिनी – विश्व बौद्ध धर्म संघले शान्तिकादूत भगवान गौतम बुद्धको बेबी मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा सम्पन्न गरेको छ। २५६८ औँ बुद्ध जयन्तीको अवसरमा विश्व बौद्ध धर्म संघले बिहिवार लुम्बिनीमा आयोजना गरेको बेबी बुद्धका मूर्ति अनावरण कार्यक्रमको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले एक समारोहबीच बेबी बुद्ध मूर्ति प्रदर्शन गरेका हुन ।

विश्व बौद्ध धर्म संघ र लुम्बिनी विकास कोषको सहकार्यमा संचालित सुभनिअर प्रोजेक्ट अन्तर्गत रहेको कार्यक्रममा मूर्ति प्रदर्शन गर्दै मन्त्री तामाङले विश्व शान्तिका प्रतिक शाक्यमुनि बुद्धले प्रतिपादन गर्नुभएको दर्शन सबै मानव समुदायका लागि प्रेरणादायी रहेको बताउँदै पवित्र उद्देश्यले थालनी गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो।

विभिन्न सम्प्रदायका बौद्ध अनुयायीको आस्थामा आँच पुर्याउन नहुनेमा जोड दिँदै उहाँले सबै धर्मालम्बीहरूको भावनात्मक विश्वासलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। समग्र प्राणीको कल्याणका लागि तथा मानवका लागि दुःखबाट मुक्ति गराउने उपाय रहेको बौद्ध दर्शन अनुकरणीय रहेको मन्त्री तामाङको भनाई थियो।

संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङले २५६८ औँ बुद्ध जयन्तीका अवसरमा कोषसँग सहकार्य गरी लुम्बिनीमा सुरू गरिएको कार्यले बुद्ध साहित्य तथा दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संघका महासचिव रामशरण पौडेलले शान्ति स्तम्भ स्थापना गर्ने संघको कार्ययोजना रहेको र कार्यक्रम अन्तर्गतका योजनाको जानकारी दिँदै व्यक्ति व्यक्तिकाबीच हुने मनमुटाव, लोभ,मोहका कारण फैलिएका हिंसा तथा अशान्तिलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

विश्व बौद्ध धर्म संघले लुम्बिनी विकास कोषको सहकार्यमा अबको ३ महिना भित्र एक हजार मूर्तिको निर्माण सहितको कार्य योजना अघि बढाउने समेत महासचिव पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका प्रतिनिधी छिमेकी राष्ट्र चिनबाट आउनु भएका पाहुना सहित अन्य बिशिस्ट महानुभावहरूको सहभागिता थियो।