Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

Sunday, May 19, 2024 National Power

काठमाडौं – लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ । गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ ।

सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस् छ्यान्कन अमृत उपाध्याय, निर्देशन भिम थापा, एरेन्ज कृष्ण बाजुराली, रेकर्डिङ द न्यु इरा रेकर्डिङ स्टुडियो अनामनगमा भएको हो । भिडियोमा श्रीजल दहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु देखिएका छन् ।