Sunday 19th May 2024

    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै

राजन पुरीको “दोलालघाटको पुल तरेर” सार्वजनिक

Monday, May 6, 2024 National Power

काठमाडौं – थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् ।

रामकुमार नेपालीको संगीत संयोजन तथा देव पुरीको शब्द रचना रहेको उक्त गीतको म्यूजिक भिडियोमा बिद्या कार्की र राजन पुरीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेका म्यूजिक भिडियो निर्देशक निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई मरुभुमि नारायणको छायांकन, अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।