Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पुजार सार्किको पहिलो गीत “दर्शन गरे” मा देखिए थ्रिस्टार

Friday, April 19, 2024 National Power

काठमाण्डौ – जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा मगर जातीको कौडा नृत्यलाई देखाइएको छ । हर्क साउँदको शब्द रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रकाश सपुतको स्वर तथा संगीत सुवास भुसालको रहेको छ भने यसका कोरियोग्राफि शिशिर खातीले गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियोमा पृष्ठभुमिमा माछापुच्छ्रे हिमालको रमणीय दृश्यहरु देख्न सकिन्छ ।

गीतको भिडियोमा तिन जना सुपरहरु स्टारहरुको आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह का साथमा अञ्जना बराइली र परीक्षा लिम्बुको नृत्य देख्नसकिन्छ । ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन् । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रहरु निर्देशन गरिसकेका राउतले पुजार सार्किबाट पनि दर्शकहरुको भरपुर माया पाउनेमा आफु विश्वस्थरहेको समेत बताएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रमा निर्माता भुसालले नै सङ्गीत तयार गरेका छन् । बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले पनि यस चलचित्रका गीतहरुमा शब्द रचना गरेका छन् भने केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले पनि चलचित्रका गीतहरुमा स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्र्की’मा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

मल्टिस्टारहरुका साथमा यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।