Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’भव्यरुपमा सम्पन्न

Tuesday, April 2, 2024 National Power

काठमाडौँ – दीपेन्द्र के निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव’ मा ‘चिसो मान्छे’ ले फिल्मतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गर्‍यो ।

कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गर्दा ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता ठहरिए । ‘महापुरुष’ कै निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

त्यस्तै ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ पाए । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड प्राप्त गर्‍यो ।

स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड पाए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्द लगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।

भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ ले समेत कार्यक्रममा अवार्ड प्राप्त गरेको थियो ।

महोत्सवको राष्ट्रिय निर्णायकमा कलाकार आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान थिए । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।

तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत आयोजना भएको थियो । महोत्सव निर्देशक सन्तोष सुवेदीले सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र त्यसका श्रष्ठालाई सहभागिताका लागि धन्यवाद दिँदै मायाको चिनो समेत प्रदान गरेका थिए ।