Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

निरौलाको जन्मोत्सवको अवसरमा नवनिर्वाचित अध्यक्ष महर्जनलाई सम्मान

Tuesday, April 2, 2024 National Power

काठमाण्डौ – नेपाल चलचित्र कलाकार सङ्घले चलचित्र सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र सङ्घका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन लगायतका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना सहित कलाकार सङ्घले सम्मान गरेको हो।

सोही अवसरमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष वरिष्ठ कलाकार, लेखक एवं निर्देशक मोहन निरौलाको जन्मोत्सव समेत मनाइएको थियो । नेपाल चलचित्र सङ्घको ३९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका नरेन्द्र महर्जनलाई बधाई तथा सम्मान गर्दै निरौलाले जन्मदिन मनाएका हुन् । केक काट्नु पश्चिमा शैली भएको बताउँदै कलाकार निरौलाले पञ्चतत्वको प्रतीक स्वरूप पाँचवटा बत्ती बालेर जन्मदिन मनाएका थिए । सो जन्मोत्सव कार्यक्रममा केकको व्यवस्था गरिएको थिएन ।

कार्यक्रममा चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, सङ्घका महासचिव सविन श्रेष्ठ, वरिष्ठ कलाकार लय सङ्ग्रौला, शिव श्रेष्ठ, उत्तम केसी, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटा, कलाकार सविन बास्तोला,चलचित्र निर्देशक माधव राज खरेल, सङ्गीतकार सन्तोष श्रेष्ठ, पत्रकार तुलसी गिरी ‘भावुक’, म्यूजिक भिडिओ निर्देशक समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो । किम्चिी रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको सो कार्यक्रम वरिष्ठ पत्रकार शान्तिप्रियले सञ्चालन गरेका थिए ।