Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु

Friday, March 29, 2024 National Power

काठमाडौँ । ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपमा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले महोत्सवको उद्घाटन गर्दै नेपालमा यस्ता किसिमका महोत्सवहरुले नेपाली कला संस्कृतिको विकास तथा विस्तारमा जोड पुग्ने बताउदै नेपाल साँस्कृतिक चलचित्र केन्द्रले गर्दै आएको महोत्सवको प्रशंसा गरे ।

उद्घाटन समारोहमा प्रशीद्ध गायक रुद्र शेखर शर्मा सम्मानित भएका छन् । लामो समय देखी नेपाली गजल तथा आधुनिक गायनका क्षेत्रमा सक्रिय रुपमा लागि रहेका शर्माका दर्जनौ नेपाली तथा त्यत्तिकै संख्यामा हिन्दी गीतहरु सांगितीक बजारमा रहेका छन् ।  समारोहमा गायक रुद्र शेखर शर्मा संगै नारायण सुवेदी, राम कुमार हमाल, शम्भु प्रशाद अधिकारी, लक्ष्मी प्रशाद बुढाथोकी, राती लामा, चाँदनी मोक्तान सञ्जय लामा, सीता सुवेदी, पदम बहादुर तामाङ्, उत्तम पुडासैनी, रामेश्वर बुर्लाकोटी, सुदिप हमाल, सेसेमी लिम्बु, दिपक तामाङ, पुर्णी तामाङ, बिर बहादुर तामाङ, एलिन घिमिरे लगायत दर्जनौ व्यक्तित्वहरु सम्मानित भएका छन् ।

यस वर्षको महोत्सवमा ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरूको प्रतिनिधित्व गर्ने ६० फिल्महरु महोत्सवमा सहभागी भएका छन् । तिन दिन सम्म चल्ने महोत्सवको उद्घाटन सत्र सकिएपछि चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास हुने  छ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको महोत्सवले सबै क्षेत्रका मानिसलाई चलचित्र प्रति आकर्षण गर्ने विश्वास लिएको नेपाल साँस्कृतिक चलचित्र केन्द्र तथा महोत्सव समितिका अध्यक्ष सन्तोष सुवेदीले बताए ।

महोत्सव अवधिभर प्रदर्शन गरिने चलचित्रहरु मध्यबाट विभिन्न विधामा सर्वोत्कृष्ट लामा चलचित्र, छोटा चलचित्र, मानव अधिकार सम्बन्धी बनेको चलचित्र बालबालिका सम्बन्धी बनेका चलचित्र लगायत विभिन्न विधामा निर्माण गरिएका चलचित्रहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि निर्णायकहरुको समुहले छनौट गरि समापन समारोहमा उत्कृष्ट फिल्म तथा फिल्मकर्मी पुरस्कृत समेत गरिने बताइएको छ । कार्यक्रममा नेपाल, भारत, सर्विया, जर्मनी, पाकिस्तान, लगायत विभिन्न देशका चलचित्रकर्मीहरुको भव्यसहभागतिा रहेको छ । महोत्सव यहि १८ गते नेपाल चलचित्र बिकास बोर्डमा समापन हुदै छ ।