Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

चर्को आलोचनापछि काशीभञ्ज्याङ्मामा हावाले च्यातिएको राष्ट्रिय झण्डा  फेरियो

Monday, March 25, 2024 National Power

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका वडा नं. ३ काशी भञ्ज्याङ् पिकनिक स्पोर्ट्समा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । लामो समय सम्म हावाले च्यातिएको नेपालको राष्ट्रिय झण्डा नफेरिएको भन्दै चर्को आलोचना भइरहेको थियो । सोमबार आर्शु स्मृति प्रतिष्ठिनका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसको अरबिन्द्र गौतमले हावाले च्यातिएको राष्ट्रिय झण्डालाई फेरेका हुन् ।

च्यातिएको झण्डालाई नफेरेको भन्दै बनेपा नगरपालिकाल वडा नं. ३ लगायत सरोकारवाला निकायको आलोचना भएको थियो। स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय, युवा नेताहरु, व्यवसायीहरु, समाजसेवीहरु र अभियान्तले नसके आफूहरुले झण्डा फेर्ने भन्दै काभ्रे प्रेसका अरबिन्द्र गौतमले बताएका थिए ।

सोही अनुसार काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले आज च्यातिएको झण्डा फेरिदिएको छ । प्रतिष्ठिनले यो भन्दा अगाडि पनि बनेपा चार दोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा फेरेको थियो । अनेरास्ववियु काभ्रेले पनि सम्बन्धित निकायको यसमा ध्यानाकर्षण गरेको थियो । तर झण्डा नितान्त एउटा समाजसेवामा अनवरत रुपमा लाग्ने आर्शु स्मृति प्रतिष्ठिन र काभ्रे प्रेसले फेरि दिएको हो।