Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

Friday, March 15, 2024 Devil Singh Rajput

धनगढि । सरस्वती सेठी र प्रियंका चन्दले मिस सुदूरपश्चिम र मिस कल्चर एम्बासडरको उपाधी हात पारेका छन्। धनगढिमा सम्पन्न प्रतियोगितामा त्यसैगरि आयुश रेग्मी र गौरब सुबेदी मास्टर सुदूर पश्चिम र मास्टर कल्चर एम्बासडरको उपाधी चुम्न सफल रहे । जसमा मास्टर तर्फ फस्ट रनर अफ अर्जुन क्षेत्री भएका छन् ।

उक्त्त कार्यक्रम शीर्ष उपाधि मिस्टर इन्सपाइरीङ मोडेलतर्फ जनक बजुरेली र मिस इन्सपाइरीङ मोडेलतर्फ लक्ष्मी बमले उपाधी हात पारेका थिए भने लिटल मिसतर्फ सोनाली सिंह र सभ्यता पोखरेलले उक्त्त टाइटल हात पारे । त्यस्तै मिस फ्रेण्डलीमा दिपा ऐरमिस्टर, लिटल मोडेल मिरगेस बिस्ट रहेका थिए भने मिस कन्जेनालीटिमा अनुस्का बिस्ट र मिस कन्फिडेन्टमा अभिलाष बम विजेता बनेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा भिम बिस्ट (अछामी रेखा) अतिथि हुनुहुन्थ्यो । प्रतियोगितामा बिना देउवा ,अदिति जोगी ,बिशाल शाह,रजनी के.सी,आयुश साउदले निर्णयको भूमिका गर्नु निभाउनु भएको थियो। कार्यक्रमको कोरियोग्राफी नबराज देउवा,सिर्जना थापामगरले गरेका थिए भने ड्रेस डिजाइन पुजा मल्लले गर्नु भएको थियो । जसमा फोटोग्राफी पि डि फोटोग्राफिले गरेको थियो ।

आगामीदिनमा अझै नयाँ प्रतिभाहरुको खोजी र अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गराऊने आयोजक टिमले जानकारी गराएको छ ।