Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

योगेशकाजी र शान्तिश्रीको फूलमाया कान्छी सार्वजानिक

Monday, March 11, 2024 National Power

काठमाडौं – एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण के.सी.को शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन् ।

अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुन भने सुनिल बि.क.को निर्देशन रहेको छ ।