Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक

Sunday, March 10, 2024 National Power

काठमाडौं – पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रस्तुत गीतमा माननिय सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ ।

मतुवाली र आर्यन बीचको बाल्यकालको मायाँप्रेमलाई बिथोल्न खोजियता पनि कालान्तरमा उनिहरुको प्रेमले सार्थकता पाएको थिडियोमा देखाउन खोजिएको छ । विशेष गरि पूर्वेली समाजमा देखिने वास्तविकतालाई उजागर गर्न खोजिएको गीतलाई योगेन मुकारुङले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका छन् । गाउँवस्तिको सुन्दर दृश्य कैद गरिएको भिडियोमा आर्यान सिग्देल, मल्लिका महत आदिको अभिनय रहेको छ भने बाल कलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्य शेर्पा रहेका छन् । सम्पादन बिकास धमला, क्यामरा उत्तम हुमगाई, निर्देशन निकेश खड्काको रहेको छ ।

बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले पलपल बगिरहेछ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।