Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’

Friday, March 1, 2024 National Power

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्म ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । यस विषयमा नेशनल पावर न्युजलाई बताए अनुसार  समितिमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका एक सदस्यले शीर्षकको संवेदनशीलतालाई लिएर आफूहरुले यस्तो कदम लिएको बताए ।

‘रंगेली नगरपालिकामा फिल्म खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न खोजेका हौं । यसबारे हामी छलफलकै क्रममा छौं । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र उहाँहरुले प्रमाणपत्र पाउनुहुन्छ,’ उनले भने ।

उनले फिल्मको विषयवस्तु र गुणस्तरभन्दा पनि शीर्षकप्रति आफूहरुको चासो रहेको बताए । सेन्सर बोर्डका अर्का सदस्य ऋषिराज आचार्यले ठाउँको संवेदनशीलतालाई लिएर आफूहरुले कन्सेन्ट पेपर खोजेको बताए ।

‘उहाँहरुले सहमति गर्नुभएको होला । सुटिङको लागि उहाँहरुले लिनुभएको अनुमति पत्र हामीलाई पेश गर्नुपर्छ । हाम्रो यो चासो उहाँहरुकै हितको लागि हो,’ आचार्यले भने, ‘फिल्म राम्रै सन्देश दिने तरिकाले बनेको छ भने प्रश्न हुँदैन । तर नराम्रो तरिकाले चित्रण गरिएको छ भने सम्बन्धित ठाउँको छविमा असर पर्नसक्छ ।’

फिल्मका निर्माता जितेन्द्र खतिवडाले आफूहरुले यो समस्या समाधान हुने आशा लिइएको बताए । सेन्सर बोर्डले केही दृश्य र संवाद मिलाएर आउनु भनेको खतिवडाको भनाइ छ । अर्जुन सुवेदी निर्देशित ग्याङस्टर फिल्म ‘रंगेली’ फागुन २५ मा प्रदर्शन हुँदैछ । सुरुमा फिल्मको ‘ग्याङस्टर रंगेली’ राखिएपनि पछि नाम परिवर्तन गरेर ‘रंगेली’मा राखिएको थियो ।