Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

श्रोताहरुको पोजेटिभ फिडब्याकले नै एउटा सर्जकलाई उर्जा प्रदान गर्छ : गायक रुद्र शेखर शर्मा

Friday, March 1, 2024 National Power

० नेपाली गीत संगीत क्षेत्रमा लागेको कति भयो ?
अब ठ्याक्कै यति नै भयो त कसरी भन्नु अव सानै उमेर देखी गायनमा रुचि राख्थें । स्कुलहरुमा हुने सांस्कृतिक क्रियकलापहरुमा पनि सरिक हुने गर्दथे । गुन गुनाउने वानी सानै देखी भएपनि औपचारिक रुपमा नेपाली गीत संगीत क्षेत्रमा प्रवेश गरेको करिव १२ वर्ष जती भयो ।

० नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रहि रहन कत्तिको सहज छ ?
नेपाली गीत संगीत क्षेत्रमा रहन सजिलै छ भन्नु पर्छ अव सुरुवातीमै त कसरी हुन्छ आफ्नै लगानी मिहेनत र यसैलाई आफ्नो जिवन यापनको रुपमा प्रयोग गर्नु पर्दा समस्याहरु त आउछन् नै तर विस्तारै यसैलाई आफ्नो जिन्दगी अथवा गीत संगीत क्षेत्रनै आफ्नो जिवन ठानेर अथक मिहेनत गर्यो भने मलाई लाग्छ राम्रै आर्जन गर्न पनि सकिन्छ धेरै राम्रो नगर्न सकेपनि मिहेनत गर्ने मान्छे भोको मर्नु पर्दैन जस्तो लाग्छ मलाई । दर्शक श्रोताहरुलाई मनपर्ने श्रृजनाहरु बजारमा ल्याउन सक्यो भने नयाँ नयाँ प्रविधि अनुसार आफुलाई परिमार्जन अगाडी बढाउन सक्यो भने यो क्षेत्रमा स्थापित हुन सहजै छ जस्तो लाग्छ । र अहिलेको प्रतिष्पर्धात्मक बजारसंग प्रतिष्पर्धा गर्नुपर्दा र नयाँ नयाँ प्रविधिसंग काँधमा काँध मिलाएर हिड्नु पर्दा असहज वातावरणको सामना गर्नु पर्ने रहेछ तर पनि मिहेनतले प्रतिफल पनि दिन्छ जस्तो लाग्छ मलाई ।

० लगानीको हिसावले यो क्षेत्र सुरक्षित छ जस्तो लाग्छ र तपाईलाई ?
लगानीको हिसावले भन्ने हो भने अहिले पहिलेको तुलनामा निक्कै सुरक्षित छ जस्तो लाग्छ मलाई किन भने विश्वप्यापी रुपमा अहिलेको डिजिटल प्रविधिको अधिकतम प्रयोग र त्यसवाट प्राप्त हुने रोयल्टी, कपीराईट सेयर लगायतले पनि कलाकारहरुलाई आर्थिक रुपमा मजबुद समेत बनाएको छ । अब हामीले हाम्रा गीतहरुलाई विश्वस्तरिय गुणस्तरमा लैजान उच्चतम प्रविधि र दक्ष प्राविधिकहरुको प्रयोग गर्न सकियो भने पक्कै पनि अझ हाम्रो बजारलाई बढाउन सक्छौ । यसले दर्शक तथा श्रोताहरुलाई क्वालीटीका गीतहरु प्रस्तुत गर्न सक्छौ । हामीले दर्शक तथा श्रोतहरुकोे मुड विचार गरेर क्वान्टिटीलाई पनि बढाउन सक्छौ । आम रुपमा गीत संगीत मन नपराउने मानिसहरु विश्वमा विरलै होलान त्यसैमा पनि आफ्नो फ्यानहरुको लागि नयाँ नयाँ स्वादमा हामीले गरेका श्रृजनालाई बजारमा ल्याउन सक्यौं भने उहाँहरुलाई निरन्तर मनोरञ्जन दिई रह्यौ भने र प्रतिफलमा उहाँहरुको माया पाई राख्र्यौ फिडब्याक पाईनै राख्यौं भने पक्कै पनि लगानी डुब्दैन जस्तो लाग्छ । र यो कुरामा अन्य श्रष्टाहरुले पनि सहमती जनाउनु हुन्छ ।

० तपाईलाइ एउटा गायकको रुपमा स्थापित हुन कत्तिको सहज भयो ?
मनको कुरा भन्नु पर्दा गायकको रुपमा मलाई यो क्षेत्रमा स्थापित हुन मलाई कहि कतैबाट पनि असहज भएन । साधना बिना त कसरी सफल भईन्छ र त्यसकारण साधना त मैले जसरी पनि गर्नै पर्ने थियो र त्यसको लागि मैले कडा मिहेनत पनि गर्नु पर्यो, त्यो मैले आजको दिनमा पनि निरन्तर गरिनै रहेको छु । तर मैले यति भनिरहँदा मलाई ब्याक सपोर्टको पनि आवश्यकता थियो त्यो आवश्यकता मेरो बुवा आमाले पुरा गरिदिनु भयो मलाई यस क्षेत्रमा स्थापित सजिलो नै भयो । मेरो गायक बन्ने चाहानालाई पुरा गर्नको लागी मेरो आमा बुवाको पनि ठुलो साथ छ । साथमा मेरो गीतहरुलाई दर्शक तथा श्रोताहरुले मन पराईरहनु भएको छ यसले गर्दा मलाई थप उर्जा मिल्दै गएको छ । भविष्यमा पनि म निरन्तर रुपमा पक्कै पनि नयाँ नयाँ श्रृजनाहरुलाई श्रोताहरुमाझ ल्याउने छु । म यो पेशालाई निरन्तर रुपमा सक्रिय रहँदै आईरहेको छु र निकट भविश्यमा पनि म यसै क्षेत्रमा सक्रिय रहि नै रहनेछु । साथै मलाई साथ दिने अन्य श्रष्टाहरुमा विपिन किरण दाई, नारायण सुवेदी सर मेरा मामा डा. मुकुल उपाध्यायलाई पनि मैले भुल्नु हुदैन उहाँहरुको पनि मेरो जिवनमा ठुलो हात रहेको छ र आशा छ आगामि दिनहरुमा पनि मलाई माया र हौसला प्रदान गरिनै रहनु हुनेछ ।

० विश्वव्यापी रुपमा विकशित भएका प्रविधिहरु विषेश गरी विभिन्न अडियो प्ल्याटफर्महरुको वारेमा नेपाली गीत संगीत क्षेत्रमा काम गर्नेहरु जानकार छैनन् भनिन्छ के तपाई जानकार हुनुहुन्छ ?
यो कुरामा सत्यता छ भन्छु म, प्रविधिको विकासमा हाम्रो मुलकमा केही ढिलो ढिलो नै छ । यद्यपी पिछल्लो युवा पुस्ता पहिलेको तुलनामा प्रविधिमा निकै अगाडी बढेको पाउन सक्छौं । किन भने अहिलेको समय पहिलेको तुलनामा निकै नै अघि बढेको छ । हाल प्रयोगमा आएका विभिन्न प्रकारका डिजिटल प्लेफर्महरुको प्रयोगको बारेमा सबैलाई जानकारी नहुन पनि सक्छ तर धेरै कलाकारहरु पछिल्लो समय ती प्लेटफर्महरुका साथै समाजिक सञ्जालहरुका बारेमा जानकार हुदै गैरहेका छन् जस्तो लाग्छ । अव मेरो हिसावमा म त आईटी कै विद्यार्थी भएकोले पनि डिजिटल प्लेटफर्मका साथै विभिन्न सामाजिक सञ्जालहको बारेमा मलाई धेरै कुराहरुको जानकारी छ । पछिल्लो समय विश्वव्यापी रुममा विकसित भएको अडियो प्ल्याटफर्महरु सहित विभिन्न समाजिक संञ्जालहरुवाट आफ्ना श्रृजनाहरुको प्रयोग बापत प्राप्त हुने रोयल्टी तथा आर्थिक साझेदारीले पनि आम कलाकारहरुलाई उत्साहित बनाउँदै गएको छ । साथै यस विषयमा जानकारी नभएका कलाकार साथीहरुलाई पनि आफ्नो लगानी सुरक्षित गर्न सक्ने एक महत्वपुर्ण क्षेत्र अडियो प्ल्याटफर्महरु र सामाजिक सञ्जालहरुको बारेमा पनि जानकारी गराउदै उनिहरुलाई पनि हामी प्रविधिसंग जोड्न सक्यो भने हामी सवैलाई फाईदा पुग्ने नै छ ।

० पछिल्लो समय ब्क्ष् (एआई) को कारणले राम्रा गायक गायिकाहरुलाई समस्या पर्ने अवस्था छ भनिन्छ के लाग्छ तपाईलाई ?
एआईले गर्दा राम्रो गायक गायिकाहरुमाथी प्रभाव परेको कुरा अति गम्भिर कुरा नै हो । तर एआईले मनोरञ्जन क्षेत्रमात्रै हैन अन्य क्षेत्रमा पनि अझ झन बढीनै प्रभाव पार्ने सम्भावना देखिएको छ । यसको तुलनामामा हाम्रो क्षेत्र अझ सुरक्षित छ जस्तो लाग्छ किन भने हाम्रो क्षेत्र मनोरञ्जनको क्षेत्र भएको हुनाले यस क्षेत्रमा लाग्ने श्रष्टा तथा सर्जकहरुलाई आफ्ना श्रृजनाहरुलाई उत्पादन गर्नको लागि एआईले केही मद्धत पुर्याउन सक्छ जस्तो लाग्छ किन कि प्रविधिलाई हामीले सहि तरिकाले प्रयोग गर्न जान्यौ भने हामीलाई आधुनिक जमानामा आफुलाई अपडेट गर्न र नयाँ नयाँ कुराहरुसंग अपग्रेट हुन पनि सहज हुनसक्छ जस्तो लाग्छ । गीत संगीतपाई पनि मान्छेले नै जन्माउछ र एआईलाई पनि मान्छेले नै जन्माएको हो भने यी दुईटाको विचमा समस्या भन्दा पनि समाधान खोज्यौ भने हामीलाई बेफाईदा हुदैन भन्ने मलाई लाग्छ । अन्तराष्ट्रिय कलाकारहरुले एआईलाई फाईदाको रुपमा प्रयोग गरिरहेका छन् भने हामीले पनि फाईदाको लागि यसलाई प्रयोग गर्ने तर्फ जानु पर्छ र नयाँ आउने पुस्ताका कलाकारहरुलाई एआइको बेफाईदा भन्दा पनि फाईदाको विषयमा यसले गर्ने सहयोगको विषयमा कुरा गर्नु पर्छ । जुनसुकै कुराको राम्रो र नराम्रो पक्ष हुन्छ तर हामीहरुले राम्रो पक्षलाई लिने हो जस्तो लाग्छ ।

० गीत गाएर नै नेपाली गायक गायिकाहरुले आफ्नो जीवन धान्न सक्छन् जस्तो लाग्छ ? तपाइको अवस्था चाँहि के छ ?
गायक गायिकाहरुको उदेश्य भनेको गीत संगीत मान्नु हुन्छ उहाँहरुको गोल भनेकै राम्रो गीत निकाल्ने हो आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिनेनै हो र नयाँ नयाँ श्रृजनाहरुलाई मनै देखि ल्याउनु भएको छ भने पक्कै पनि त्यो सफल हुन्छ नै । हडवडीले केही काम सफल हुदैन विस्तारै गर्ने एक दम मिहेनतले गर्ने हो भने केही समय त लाग्ला तर पनि एक दिन पक्कै सफल हुने नै छ । तर एकै पटक खहरे उर्लेजस्तो गरेर आउने र चाँडै नै प्रतिफल खोज्न थाले भने त त्यो असफल पनि हुन सक्छ र चाँडै पलायन हुने अवस्था आउन सक्छ । आफ्नो साधनामाथी विश्वास गर्नुभयो भने त्यसले एक दिन सफलता दिलाउने छ नै । मैले माथीनै नै उल्लेख गरिसके हामीले आफ्नो साधनालाई निरन्तरता दिने र हामीवाट उत्पादित गीतहरुलाई विश्वव्यापी रुपामा डिजिटाईजेशन गराउने तथा विभिन्न अडियो प्लेटफर्महरुमा अपलोड गर्ने हो भने त्याहाँवाट प्राप्तहुने रकमवाट हामीले आफ्नो जीवन धान्ने मात्रै हैन राम्रो आर्थिकोपार्जन गर्न पनि सक्छौ ।

० तपाईले त नेपालीको अलावा हिन्दी गीतहरु पनि गाउनु भएको छ, अलिकती अन्तराष्ट्रिय भाषामा गीत गाउँदाका अनुभवहरु बताउनुस न ?
मलाई गीत संगीतले नै यो पोजिसनमा पुर्याएको छ । सुरुवाती वर्षहरुमा मलाई गीतसंगीत क्षेत्रमा टिकिरहन आफ्नै खर्च अथवा आफ्नै लगानी गर्नुपरेको थियो तर विस्तारै मैले यसैलाई आफ्नो पेशा बनाउदै लिएर गएँ र अहिले मलाई एकातिर चाहेको कुरा गर्न पाए अथवा श्रोताहरुलाई मनोरञ्जन दिन सके भने अर्को तिर यसबाट मलाई राम्रै आम्दानी पनि भईरहेको छ । म पेशागत रुपमा स्थापित गायक हुँं स्वर दिए बापत मैले आफ्नो पारिश्रमिक लिने गर्दछु भने कतिपय अवस्थामा आफुलाई ईच्छा भयो भने लगानी पनि गर्ने गर्दछु । हाल सम्मका मेरा सबै गीतहरुलाई श्रोताहरुले माया गरिदिनु भएको छ ।
अव अन्तराष्ट्रिय भाषाहरुमा भन्नु पर्दा मैले केही विदेशी गीतहरुमा पनि स्वर दिने मौका पाएको थिए । त्यसमध्य पनि मलाई मन परेको गीत भने मैले स्वर दिएको हिन्दी गीत “जिना अभि बाँकी हे” ईम्तिायाज अलिद्धारा निर्देशीत यो गीतमा बलिउडका प्रख्यात गायक सोनु निगम, बाल गायक याजव गागका साथमा मेरो पनि स्वर रहेको छ यसको लागि मेरो आवाजलाई योग्य ठानेर मलाई बलिउडमा मौका दिनुहुने बरुण गुप्ता सर, ईम्तिायाज अलि सर र सोनु निगम सरलाई पनि धन्यबाद दिन चाहान्छु किन कि उहाँहरुले मलाई हिन्दी गीतहरुमा स्वर भर्ने मौका दिनु भएपछि अहिले मेरा तिन ओटा हिन्दी गीतहरु पाइपलाईनमा रहेका छन् छिट्टै श्रोतामाझ ल्याउने तयारी भईरहेको छ ।
अन्तराष्ट्रिय भाषामा गीत गाउँदाको अनुभव अली फरक हुँदोरहेछ यस मानेमा की भाषाको विषयमा अलि सम्वेदनशील हुनु पर्ने र डिस्कन मिलाउन अलि साधनाको जरुरी पर्ने एक महत्वपुर्ण पाटो हो यद्यपी अव म्युजिक भनेको त म्युजिक नै भइहाल्यो विश्वव्यापी रुचाईएको विषय म्युजिकलाई त कुनै भाषा चाहिदैन भन्ने कुरा सबैलाई थाहै छ ।

० अन्त्यमा आम नेपाली दर्शक एवं श्रोताहरुलाई के भन्न चाहानु हुन्छ ?
अन्यमा विषेश गरेर नेपाली दर्शक तथा श्रोताहरु नै नेपाली गीत संगीतका सहि निर्णायक हुनुहन्छ तपाईहरुले माया गरिदिए पछि मात्रै गीत संगीतमा अझै चार चाँद लाग्ने हो । तपाईहरुले मनपराई दिनु भयो भने तपाईहरुले नेपाली गीत संगीतलाई सुनिदिनु भयो हेरी दिनुभयो भने मात्रै एउटा कलाकारलाई प्रोत्साहन हुने गर्दछ । तपाईहरुले पोजेटिभ फिडब्याक दिनुभयो भने मात्रै एउटा कलाकारलाई अझै मिहेनत गर्ने अझै राम्रो गर्ने हौसला मिल्ने हुनाले नेपाली गीत संगीतलाई माया गरिदिनुस र नेपाली कलाकारहरुलाई पोजेटिभ फिडव्याक दिई राख्नुस भन्न चाहान्छु ।