Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किमतर्फ प्रस्थान

Friday, February 16, 2024 Devil Singh Rajput

‘र्‍याप ब्याटल नेपाल’को अडिसनका लागि

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किमतर्फ प्रस्थान गरेको छ । शनिवारदेखी शुरु हुने अडिसनका लागि प्राविधकसहितको टोली छायांकनका लागि सिक्किम प्रस्थान गरेको हो । विहिबार काठमाण्डौबाट सिक्किमका लागि प्रस्थान गरेको ‘र्‍याप ब्याटल नेपाल’को टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाई गरेका हुन ।

‘र्‍याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा अप्रिलबाट प्रसारण आउदैछ । नेपाली सांगीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी यस शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताउनुभयो । युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले जनाउनु भएको छ।

यस शोको अडिसन भारतको सिक्किमसहित दार्जिलिङ र सिलिगुढीमा समेत हुँदैछ । उक्त स्थानको अडिसन पश्चात नेपालमा झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुदै काठमाण्डौंमा गर्ने तय गरिएको छ । शोको अडिसन फेबु्रअरी १७ मा सिक्किमको रेमन्ती संगित एकेडेमी,फेबु्रअरी १९ मा दार्जिलिङको होटल युमा, फेबु्रअरी२१ मा सिलिगुढिको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोड स्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन ईन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुर स्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाईड स्थित क्लब सिक्स्टिन र २१ एवं २२ फागुनमा काठमाडौँमा हुँदैछ ।

अडिसनको लागि र्‍याप ब्याटल नेपाल नामक आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ । जसको लागि ठाउँअनुसार बेग्ला–बेग्लै अडिसन दिन सकिने व्यवस्था गरिएको छ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने तयारी रहेको राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले जानकारी दिनुभयो ।