Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

धरान, पोखरा र काठमाडौंमा गोर्खा वारियरको प्रिमियर गरिँदै

Tuesday, February 13, 2024 National Power


काठमाडौं –यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ ।

मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनका अनुसार धरानमा यही फागुन ५ गते र पोखरामा यही फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिँदैछ । यसपछि फागुन ९ गते काठमाडौंको बिग मूभिजमा चलचित्रको रेड कार्पेट प्रिमियर हुने पनि उनले जानकारी गराए । यो चलचित्रको नेपालमा रिलिज अघि तीन शहरमा रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।

यस अघि गोर्खा वारियरको बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ ।

यसैबीच गोर्खा वारियर टिमले ६ दिनको मोफसल यात्रा सम्पन्न गरेको छ । यो चलचित्रको धरानबाट सुरु भएको मोफसल यात्रा धरानपछि हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा हुँदै पोखरामा आएर सम्पन्न भएको हो । यात्राको क्रममा लाहुरेको शहर भनेर चिनिने मोफसलका यी स्थानलाई लक्षित गरेर त्यहाँका भूतपूर्व बृटिस गोर्खा सैनिक तथा स्थानीय संघ संस्थानका पदाधिकारीहरुसँग चलचित्र युनिटले भेटघाट गर्दै यो चलचित्रबारे जानकारी दिएको छ ।

यात्राको क्रममा गोर्खा वारियरका तर्फबाट चलचित्र पत्रकार संघको धरान, हेटौंडा, चितवन, बुटबल र पोखरा शाखाको सहयोगमा यी शहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ । मोफसल यात्रामा यो चलचित्रका निर्माता निर्देशक एवम् लेखक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरुङ, प्रेस सल्लाहकार डब्बु क्षत्री, मिडियो सँयोजक सरिता भारती र व्यबस्थापक प्रेम खड्का रहेका थिए । यी पाँच वटै शहरमा अन्तरक्रियाका क्रममा चलचित्र निर्देशक, अभिनेता र अभिनेत्रीले गोर्खा वारियर र सो चलचित्रमा आफ्नो कामबारे प्रकाश पारे । यी शहरका सञ्चारकर्मीदेखि विभिन्न संघ संस्थाका स्थानीय पदाधिकारीहरुले यो चलचित्र हेर्न आफुहरु निकै उत्साहित रहेको बताए ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् । गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी  र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।