Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

गीतकार सामना शाहको आँशुको वर्षात सार्वजनिक

Sunday, January 28, 2024 National Power

काठमाण्डौ – गीतकारका रुपमा परिचित सामना शाहले आफ्नो नयाँ गीत आँशुको वर्षातलाई रिलिज गरेकी छिन् । आफ्नै यूट्युब च्यानल सामना म्यूजिक क्रियशनबाट उनले यो गीतलाई रिलिज गरेकी हुन् ।

मार्मिक प्रेम संवेदनामा आधारित आँशुको वर्षात मा मोडल सरस्वती खत्री फिचरिङ छन् । सरस्वती पछिल्लो समयमा चलेकी मोडल हुन् भने उनलाई विक्रम बुढाथोकी एवं उमेश लम्सालले साथ दिएका छन् ।
सामना शाहको शब्दमा नेत्र भण्डारीले पुरुष स्वर र पूर्णकला विसीले महिला स्वर यस गीतका लागि प्रदान गरेका छन् । संगीत नेत्र भण्डारीकै रहेको छ । गीतको संगीत संयोजन विश्वास नेपालको रहेको छ भने गीत मुद्रण कुमार रानाको रहेको छ । मारुनी डिजीटलमा गीतको कार्य गरिएको हो ।

भिडियोतर्फ यस गीतका लागि श्रीजन बरालले कथा÷निर्देशन गरेका हुन् भने राम केसीले छायाङ्कन गरेका हुन् । रंग संयोजन तथा सम्पादन अमृत चापागाईंको रहेको छ ।