Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँदै

Sunday, December 31, 2023 National Power

काठमाडौँ –  नेपाल साँच्चिकै सयौं थुँगामाा उनिएको एउटा सुन्दर माला हो । नेपालीहरुको आफ्नै मौलिक कलाा, संस्कृति, परम्परा छ । हामीले मनाउने चाडपर्वको विशेषताले विश्वमा हामीलाई अनेकताका एकताको प्रतिकको रुपमा परिचय गराएको छ । हामीले आफ्नो समुदायको पहिचान अनुरुपको विभिन्न चाडपर्वहरु मनाउँदै आईरहेका छौ सवै समुदायहरुले मिलेर ।

आज नेपालीहरु विच मनाईने लोकप्रिय पर्व तमु ल्होसार पर्व हो । विशेष गरेर गुरुङ समुदायले आज यस पर्वलाई धूमधामसँग मनाइरहेका छन् । हरेक बर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।