Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै मिठो बेकरी

Monday, December 18, 2023 Devil Singh Rajput

काठमाडौं । अहिले पनि जन्मदिन होस् वा बर्थ डे, म्यारिज एनिभर्सरी बेबी सावरलगायत हरेक शुभकार्यमा केकको प्रयोग बढ्दै गएको छ । काठमाण्डौ तारकेश्वर ११ स्थित नेपालटार संचालनमा रहेको मिठो बेकरी गुणस्तरीय र उत्कृष्ट बेकरी आइटमको लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय र ब्रान्डेड केक उपभोक्तामाझ पुर्‍याउने अवधारणाबाट यो केक सपको स्थापना गरिएको छ ।

लामो समय वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै एक्जुकेटिभ पेस्ट्रि सेफ योगेन्द्र थापाले बेकरी उद्योग सञ्चालन गरेका हुन् ।मिठो वेकरीमा सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ । बेकरी मार्फत बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट,कुकिज कोदो, जौ, फापर, तिल, मुग्रेलोका विभिन्न प्रकारका पाउरोटी गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ ।
‘अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १५ मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ स्कुल , कलेजको लागि छुटको व्यवस्था पनि व्यवस्था छ । केक तथा बेकरी आइटम अनलाइन अर्डर पनि सकिन्छ । होम डेलिभरीको पनि व्यवस्था छ’ थापाले भने ।