Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फिने बेलायत च्याप्टरको अध्यक्षमा बराल निर्वाचित

Sunday, December 17, 2023 Devil Singh Rajput

लन्डन ।सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् । फिने बेलायत च्याप्टरको अध्यक्षमा चयन भएसँगै बरिष्ठ सेफ एवं व्यवसायी बरालले आफूले आर्जेको सीप र अनुभवलाई फिनेको उद्देश्य अनुरुप अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने कोशिसमा आफू लागिपर्ने पनि उनले बताएका छन् ।

फिनेको नेतृत्वमा बेलायतसँगै संसारभर फैलिएका युवा उद्यमीहरूको सशक्तिकरण, आपसी सहकार्य, संस्थागत विकास र नेपाल र बेलायतबीच  सामाजिक एवं आर्थिक दुवै स्तरमा सेतुको रुपमा आफूले काम गर्ने आफू आतु्र रहेको नवनियुक्त अध्यक्ष बरालले बताए।

कडा मेहनत र परिश्रमकासाथ् अघि बढ्दै संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफू हरदम प्रयत्नशील रहने प्रण उनको छ ।  साथै, अन्य युवा उद्यमीहरूको सशक्तिकरण तथा प्रोत्साहनका निम्ति संस्थामा आवद्ध हुँदै सहकार्य गर्न पनि सबै युवा उद्यमीहरूलाई उनले आव्हान गरेका छन्।

फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक गैरसरकारी संस्था हो । हालसम्म फनेको बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। फिने व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यसहित नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदान गर्ने साझा मञ्च हो ।

बराल फिने बेलायत अध्यक्षमा चयन भएकामा खुसी व्यक्त गर्दै फिने बेलायतकी संस्थापक अध्यक्ष मनिषा डंगोल श्रेष्ठले फिने यूकेलाई अझ अगाडि बढाउन  बराल अत्यन्त सक्षम रहेको बताएकी छिन् ।  ‘संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने यूकेलाई अझ अगाडि बढाउन विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा आगामी दिनमा यस संस्थाको अझ प्रगति हुनेमा म विश्वस्त छु’ श्रेष्ठले भनेकी छिन् ।