Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सम्पन्न

Sunday, December 10, 2023 Devil Singh Rajput

काठमाडौं ।कर्णाली प्रदेश रग्बि संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा गोर्खालि रग्बि क्लबको प्राबिधिक सहयोगमा कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्स प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोछ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा आज मिति २०८० मंसिर २३ गते कर्णाली मै पहिलो पटक शनिवार संचालन भएको प्रतियोगितामा सल्यान जिल्लाले उपाधि जित्यो भने, दोस्रो सुर्खेत भयो भने तेस्रो रुकुम पश्चिम भएको छ ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट बाहेक अन्य सात जिल्लाको उत्साहा जनक सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा उल्लेखनिय दर्शकको उस्थितिले कर्णालीमा रग्बी खेल प्रतिको आक्रषण निकै बढ्ने सम्भावना छ ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेलज्यूले गर्नु भएको थियो भने उक्त उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री टंकलाल घिसिङज्यूको समेत विशेष उपस्थिति रहेको थियो ।