Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डि सिने अवार्डको१५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान

Wednesday, December 6, 2023 National Power

काठमाण्डौ – विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर आयोजना गरिदै आएको डि सिने अवार्ड नेपालमा आयोजना भइरहेको फिल्मी अवार्ड मध्ये सबैभन्दा धेरै फरक र नियमित रुपमा आयोजना हुँदै आएको ऐतिहासिक अवार्ड हो । २०७९ सालमा रिलिज भएका चलचित्रहरु १५ औं संस्करणमा भाग लिन पाउने छन् । आगमी १५ पुष २०८० सम्म चलचित्रको दर्ता गर्न पाइने उल्लेख गरिएको छ ।

डिजिटल चलचित्रका माध्यमबाट निर्माण गरिएका चलचित्र, चलचित्रकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहित गरी गुणस्तरयूक्त चलचित्र निर्माण हेतु यसरी अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताएका छन् । मुलतः नेपाली चलचित्र उद्योगको अवार्ड आयोजना प्रारम्भ गरी प्राविधिक माध्यमले चलचित्रको गुणस्तर बृद्धि तथा सिर्जनकर्मी पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान–पुरस्कृत गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा अवार्ड आयोजना हुँदै आइरहेको र १५ औं संस्करण पनि यसैको सिलसिला भएको अध्यक्ष शान्तिप्रियले बताए ।

अवार्ड आगामी माघमा आयोजना गरिने आयोजक संस्था छायाँछवि क्रियशनले बताएको छ ।