Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

कलाकार शान्ति रानालाई आर्थिक सहयोग

Monday, November 13, 2023 National Power

काठमाण्डौ – बरिष्ठ कलाकार एबम् चलचित्र कलाकार संघको सदस्य शान्ति राना लाई अमेरिकामा बसोवास गदै आएका अभिनेता किरण प्रताप के, सि ले चलचित्र निर्देशक रामशरण कोइराला मार्फत पठाएको रु ७,५०० मा चलचित्र निर्माण नियन्त्रक सुबाश राज काफ्ले ले रु, २,५०० थप गरि एकमुष्ट नगद रु १०,००० नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, निर्देशक रामशरण कोइराला, निर्माण निर्देशक सुवाश राज काफ्ले तथा केन्द्रिय कार्यसमिति सदस्य पवन के सि, राजु शाही सहितको टोलीले रानालाई शो रकम हस्तान्तरण गरेका छन् ।

गत शनिवार कलाकार शान्ति रानाको निवासमै पुगेर रकम हतान्तरण गरेको कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का ले जनाएका छन् ।

कलाकार शान्ति राना विगत केही समय देखि अस्वस्थ रहेकी छन् । कलकार संघका पदाधिकारी तथा सदस्यहरुले शो अवसरमा रानाको स्वास्थ्य अवस्थाका बारेमा समेत चासो राखेको थियो ।