Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चलचित्र पत्रकार संघ नेपालको इलाम,झापा र मोरङ्गमा शाखा बिस्तार र कोशी प्रदेशमा नयाँ नेतृत्वको चयन

Monday, November 13, 2023 National Power

काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।  तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । कार्यक्रम प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको हो।

इलाम शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् । सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् । पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालको मोरङ्ग शाखामा प्रेम देवानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष हुसेन सेख,सचिव सन्तोष बास्तोला,सहसचिव निरोज मल्ल,कोषाध्यक्ष सरिता कर्माकार तथा सदस्यहरु अपरोज हवारी,कप्लेस यादव,एलिसा रायमाझी,दिपेश रोक्का,अफ्ताप अली चयन भएका छन्।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको बिशेष साधारण सभाबाट अध्यक्ष सन्जु राईको टिम निर्बिरोध निर्वाचित भएको छ। कार्यसमितिमा बिरेन्द्र कुमार शाह उपाध्यक्ष,सुवास संकल्प सचिव,बिकल श्रेष्ठ सहसचिव,रश्मी थापा कोषाध्यक्ष र सदस्यहरु तुल्सी प्रसाद निरौला,निशान कंडेल,गोपाल काफ्ले, सोम सुनुवार,सृजना श्रेष्ठ,आन्छुमे नसान (लावती) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अन्य केहि सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ।