Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

महाकाव्यकारद्वय ओझा र आमोदी २० हजार नगदसहित सम्मानित

Sunday, November 12, 2023 Devil Singh Rajput

चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका पावन अवसरमा रत्ननगर वाङमय परिषदले महाकाव्यकारद्वय ईश्वरी ओझा र केशवराज आमोदीलाई सम्मान गरेको छ ।  परिषदले रू बीस हजार नगद सहित साहित्यकारद्वयलाई सम्मानित गरेको हो । परिषदद्वारा रत्न नगर नगरपालिकाको सभाकक्षमा आयोजित साधना सम्मान तथा कविता वाचन कार्यक्रम माझ रत्न नगरका कार्यबाहक नगर प्रमुख पोटबहादुर घिमिरे एवम् सुप्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा सम्मानित स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा क्रमश: गजलकार धनराज गिरी र समालोचक एवम् सहप्राध्यापक लक्ष्मण अर्यालले प्रकाश पार्नुभयो । कार्यक्रममा एल वी क्षेत्री,केदार खनाल,रमाकान्त सापकोटा,मुकुन्द पौडेल,गोविन्द गिरी प्रेरणा,किसानप्रेमी, राजेन्द्र घायल,गणेश पौडेल, चिरन्जिवी दाहाल, सामना पहाड,अम्विका कार्की, मायादेवी सापकोटा, बालकविद्वय लगायतले मन्तव्य र  कविता वाचन गर्नुभएको  थियो ।

तिलकराज शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा कमल अर्याल र राजेन्द्र हमालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।  साथै उक्त अवसरमा कवि मुकुन्द पौडेलले ती थान कृति रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा कविता तथा मुक्तक संग्रह रहेका छन् ।