Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

महाकाव्यकारद्वय ओझा र आमोदी २० हजार नगदसहित सम्मानित

Sunday, November 12, 2023 Devil Singh Rajput

चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका पावन अवसरमा रत्ननगर वाङमय परिषदले महाकाव्यकारद्वय ईश्वरी ओझा र केशवराज आमोदीलाई सम्मान गरेको छ ।  परिषदले रू बीस हजार नगद सहित साहित्यकारद्वयलाई सम्मानित गरेको हो । परिषदद्वारा रत्न नगर नगरपालिकाको सभाकक्षमा आयोजित साधना सम्मान तथा कविता वाचन कार्यक्रम माझ रत्न नगरका कार्यबाहक नगर प्रमुख पोटबहादुर घिमिरे एवम् सुप्रसिद्ध निबन्धकार रामबाबु घिमिरेले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा सम्मानित स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा क्रमश: गजलकार धनराज गिरी र समालोचक एवम् सहप्राध्यापक लक्ष्मण अर्यालले प्रकाश पार्नुभयो । कार्यक्रममा एल वी क्षेत्री,केदार खनाल,रमाकान्त सापकोटा,मुकुन्द पौडेल,गोविन्द गिरी प्रेरणा,किसानप्रेमी, राजेन्द्र घायल,गणेश पौडेल, चिरन्जिवी दाहाल, सामना पहाड,अम्विका कार्की, मायादेवी सापकोटा, बालकविद्वय लगायतले मन्तव्य र  कविता वाचन गर्नुभएको  थियो ।

तिलकराज शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा कमल अर्याल र राजेन्द्र हमालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।  साथै उक्त अवसरमा कवि मुकुन्द पौडेलले ती थान कृति रत्ननगर वाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा कविता तथा मुक्तक संग्रह रहेका छन् ।