Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

लामाको निर्देशन र पन्तको स्वरमा “त्यो डाँडा पारी,यो डाँडा पारी” सार्वजानिक

Friday, November 10, 2023 National Power

काठमाण्डौ – खरका छाना र काठका बलोले सजिने गाउँका घरहरुको कथा, लहरा र छहराले बान्की परेका डाँडापखाहरुको कथा , सेतै फुलेका हिम श्रृंखलाहरु, चरचुङ्गीहरुको चिरविर्र आवाजहरु, मेची महाकालीको कथा, प्रकृतिको कथा, सुन्दरताको कथा अनि हाम्रो आफ्नै माटोको कथा बोकेको एउटा सुन्दर प्रस्तुती हरेको “त्यो डाँडा पारी,यो डाँडा पारी”बोलको गीतलाई अहिलेकी सर्वाधिक चर्चित तथा मिठो स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा ओएसआर डिजिटल मार्फत सार्वजानिक भएको छ ।

मौलिक शब्द तथा संगीतको संयोजन रहेको उक्त गीतले प्राकृतिक सुन्दरता, ग्रामिण सहअस्तित्वका कुराहरुलई बिम्बित गरेका छ । देशको माटोको, प्राकृतिक छटाको, पहाडको, कन्दराको तथा मेची महाकालीको कथालाई वाचन गरेको छ । गीतकार सालु डिसीको शब्द रचना रहेको उक्त गीतलाई अहिलेका चर्चित संगीतकार राजेश कुमार श्रेष्ठले एरेन्ज तथा संगीत गरेका हुन । गीतको शब्द र संगीतको भाव अनुसार गीतलाई प्राण भर्ने काम गायिका पन्तले गरेकी छिन् ।

मोडल तथा संचारकर्मी समिर लामाको निर्देशन रहेको उक्त गीतको भिडियो निक्कै आकर्षक बनेको छ । लामाले गीतको भाव अनुसार नै कथा वाचन गर्ने प्रयत्न गरेका छन् । प्राकृतिक सुन्दरता, ग्रामिण परिवेश तथा जनजीवन एवं राष्ट्रिय भावलाई उत्कृष्ट तवरवाट प्रस्तुत गर्न खोजेका छन् । गीतको कोरियोग्राफर राहुल बराईली हुन् ।

अनिसा ओलीको आकर्षक अभिनय रहेको उक्त गीतमा मुकेश हुँमागाईको छायाँकन तथा विनोद बमको सम्पादन रहेको छ । “त्यो डाँडा पारी,यो डाँडा पारी” बोलको गीत मेलोडी नम्बर मन पराउनेहरुको लागी उत्कृष्ट गीत रहेको छ ।