Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गीतकार ज्ञानेन्द्र गदालको “फूल हौ तिमी” सार्वजनिक

Saturday, November 4, 2023 National Power

काठमाण्डौ – लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ ।

विशिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत र उक्त गीतको म्यूजिक भिडियो “फूल हौ तिमी” को सार्वजनिक भएको गरिएको थियो ।

कार्यक्रममा गदालको वहिनी एवम् गीतकार सावु रवि, गायक तथा संगीतकार कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधब राज खरेल, संचारकर्मी सानु श्रेष्ठ, गीता अधिकारी, सुमन बैरागी, सविता पोखरेल, भोला अधिकारी, रघुनाथ सापकोटा, सुरेन्द्र थापा, गोपिकृष्ण चापागाई , गीतकार संघका महासचिव टीका राई लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गीतकार संघको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रको सभापतित्व गीतकार संघका अध्यक्ष तथा बरिष्ठ गीतकार बसन्त वित्यासी गरेका थिए भने कार्यक्रमको संचालन गीतकार संघका महासचीव उपाध्य रमेश कोईरालाले गरेका थिए ।

दीपेन्द्र नेवाको सङ्गीत सँयोजन रहेको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् रेकर्डिङ एकोउस्टिक रेकर्डिङ्ग स्टुडियोमा भएको हो । सौरभ तुलाधरको निर्देशनमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो आकर्षक बनेको प्रमुख अतिथि बासकोटाले मन्तव्यको क्रममा बताएका थिए । बासकोटालाई नेपाली म्यूजिक भिडियो निर्माणको थालनी गर्ने ब्यक्तिको रुपमा पनि लिने गरिन्छ । लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।