Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

गीतकार ज्ञानेन्द्र गदालको “फूल हौ तिमी” सार्वजनिक

Saturday, November 4, 2023 National Power

काठमाण्डौ – लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ ।

विशिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत र उक्त गीतको म्यूजिक भिडियो “फूल हौ तिमी” को सार्वजनिक भएको गरिएको थियो ।

कार्यक्रममा गदालको वहिनी एवम् गीतकार सावु रवि, गायक तथा संगीतकार कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधब राज खरेल, संचारकर्मी सानु श्रेष्ठ, गीता अधिकारी, सुमन बैरागी, सविता पोखरेल, भोला अधिकारी, रघुनाथ सापकोटा, सुरेन्द्र थापा, गोपिकृष्ण चापागाई , गीतकार संघका महासचिव टीका राई लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गीतकार संघको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रको सभापतित्व गीतकार संघका अध्यक्ष तथा बरिष्ठ गीतकार बसन्त वित्यासी गरेका थिए भने कार्यक्रमको संचालन गीतकार संघका महासचीव उपाध्य रमेश कोईरालाले गरेका थिए ।

दीपेन्द्र नेवाको सङ्गीत सँयोजन रहेको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् रेकर्डिङ एकोउस्टिक रेकर्डिङ्ग स्टुडियोमा भएको हो । सौरभ तुलाधरको निर्देशनमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो आकर्षक बनेको प्रमुख अतिथि बासकोटाले मन्तव्यको क्रममा बताएका थिए । बासकोटालाई नेपाली म्यूजिक भिडियो निर्माणको थालनी गर्ने ब्यक्तिको रुपमा पनि लिने गरिन्छ । लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।