Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले नगदसहित गर्यो सम्मान

Friday, November 3, 2023 Devil Singh Rajput

तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धन कमलादीस्थित युनिग्लोब माविबाट सम्मानित

काठमाण्डौ । चीनको हाङ्झाओमा सम्पन्न चौथो प्याराएसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई कमलादीस्थित युनिग्लोब माविले सम्मान गरेको छ । ऐतिहासिक उपलब्धीसहित नेपाललाई प्याराएसियाली खेलकुदमा पहिलो पटक पदक दिलाउन सफल रहेकी पलेशालाई विद्यालयले २५ हजार नगदसहित सम्मान गरेको हो । पेलेशा युनिग्लोब माध्यमिक विद्यालयकी पूर्व छात्रा हुन् । उनले युनिग्लोबबाट कक्षा १२ उत्तीर्ण गरेकी थिईन् ।

अक्टुबर २२ देखि २८ सम्म आयोजना भएको प्याराएसियाली खेलकुदअन्तर्गत के–४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै तेक्वोन्दोमा पलेशाले क्वार्टरफाइनलमा चीनकी लिटिङ याङलाई १४–१ ले पराजित गरेकी थिइन् । यससँगै पलेशा प्याराएसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बन्न सफल भईन् । पलेशाको यस ऐतिहासिक जितको अवसरमा युनिग्लोब सेकेन्डरी स्कुलका प्रिन्सिपल डा गणेश रेग्मीले उनको उल्लेखनीय उपलब्धिका लागि बधाई दिएका छन् । पलेशालाई विद्यालयले सम्मान गर्दै गर्दा उनका बुवा र आमा समेतसँगै थिए । विद्यालयले छोरीको सफलताको कदर गरेकोमा उनका बुवा प्रदिप गोवद्र्धनले खुसी व्यक्त गरे ।

त्यसो त, सन् २०१७ मा लन्डनमा भएको विश्व प्यारातेक्वोन्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेकी पलेशाले २०१८ मा भियतनाममा सम्पन्न चौथो एसियाली प्यारा तेक्वोन्दो च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक दिलाएकी थिइन् । सन् २०२१ मा बहराइनमा सम्पन्न एसियाली युथ प्यारा गेम्समा उनले ऐतिहासिक स्वर्ण पदक पनि जितेकी थिईन् ।

पलेशा हाल चीनको सांघाईस्थित टोङ्जी विश्वविद्यालयअन्तर्गतको कलेज अफ आर्किटेक्चरमा अध्ययनरत छिन् ।