Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आर.सी कोइरालालाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान

Tuesday, October 31, 2023 National Power

काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आर.सी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ ।

कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ।

नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत तीन दशकदेखि अनवरतरुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा उल्लेखनीय कार्य गर्दै विश्वभर नेपाली संस्कृतिमार्फत नेपालाई परिचित गराउँदै  आएका छन् ।

उनी एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्व तथा  एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हरेक वर्ष एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुँदै आएको छ ।