Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा विमोचन

Monday, October 16, 2023 National Power

सङ्गीत । संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् ।

थाईल्यान्डमै बसोबास गर्दै आएका नेपाली भाषी थाई कलाकारहरुको यो सँग्रहमा बाहुल्यता रहेको छ । सँग्रहमा पाँच वटा गीत रहेको छ । यी सबै गीतहरु कर्माले रचना गरेका हुन् । गीतकार कर्मा पनि थाईल्यान्ड बासी नै हुन् । विमोचन समारोहमा सो संघका संरक्षक कुमार कार्कीले सँग्रहका गायक गायिकाको प्रसँसा गर्दै भ्वाईस अफ नेपाल, मेरो भ्वाईस युनिभर्स जस्ता थुप्रै अन्तराष्ट्रिय नेपाली गायन रियालिटी शोमा थाईल्यान्डका नेपाली भाषी गायक गायिकाहरुले आफ्नो राम्रो प्रस्तुति दिईसकेको बताए । नेपाली भाषीहरु जहाँ रहे पनि उनीहरुले आफ्नो भाषा, भेषभुषा, धर्म सँस्कृति र परम्पारलाई सँधै जोगाएर अघि बढाउने गरेको सो संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष कार्कीले बताए ।

सो संघकी अध्यक्ष वासना राईले पनि आफुहरुले थाईल्यान्डमा रहेका नेपाली कलाकारहरुको प्रोत्साहनको लागि यो गीतिसँग्रह प्रस्तुत गरेको बताईन् । बिमोचन समारोहमा बोल्दै कर्माले विदेशमा रहेर पनि राम्रो नेपाली गीतहरु हामी ल्याउन सक्छौं भन्ने उदाहरणको लागि पनि यो गीतिसँग्रह बजारमा ल्याएको बताए । आफुहरुले आगामी दिनमा पनि नेपाली भाषी प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पनि उनले कार्यक्रममा जनाए ।

पछिल्लो समय एकल गीत सार्वजनिक गरिँदै आएको बेला यो सँग्रहमा पाँच वटा गीत राखिएको संगीतकार जुगलले बताएका छन् । सँग्रहमा म तिमीलाई सम्झि रहन्छु…, जीवन एक सँघर्ष हो…, पुर्खाको देश…, हेर मेरो आँखामा… र थाई नेपाली संघको शिर्ष गीत रहेको छ ।

यो सँग्रहको गीत मध्य एउटा गीत नेपालबाट गायक शिव परियार गाएका छन् । अर्को गीत हेर मेरो आँखामालाई नेपाली गायिका केन्जुमा सुब्बा र थाईल्यान्डका कलाकार पुनराम भण्डारीले गाएका हुन भने यो गीत केन्जुमाले नै लेखेकी हुन् । यो सँग्रहका गीतहरु म्युजिक भिडियो भने चाँडै बनाएर क्रमश रिलिज गर्दैजाने संगीतकार जुगल डँगोलले बताएका छन् । बाँकी अरु गीतमा थाईल्यान्डका कलाकारहरु अश्विन कुमार तामाङ, विक्की सेन्चुरी, राजा सुवेदी, चेस्टर लिम्बुको स्वर रहेको छ ।