Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

जीन्दगीमा हाँस्नै भुँले बोलको गीत मार्फत सिंहले उचाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड

Sunday, October 15, 2023 National Power

काठमाण्डौ – बिगत लामो समय देखी नेपाली कला क्षेत्रमा कृयाशिल म्युजिक भिडियो निर्देशक जनक सिंहले पाँचौ सगरमाथा म्युजिक अवार्ड प्राप्त गर्नु भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्ध हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हिजो काठमाण्डौमा सम्पन्न पाँचौ सगरमाथा म्युजिक अवार्डमा सुजित थापाको शब्द, बिक्रम केसिको संगित तथा चर्चित गाएक प्रमोद खरेल को स्वर रहेको “जीन्दगीमा हाँस्नै भुँले” बोलको गीतबाट सर्बोउत्कृष्ट सुगम संगीतको म्युजिक भिडियो निर्देशक अवार्ड प्राप्त गर्नु भएको हो।

कान्तिपुर फिल्म एकेडेमीमा फिल्म मेकिङ्ग सम्बन्धि अध्यन समेत गर्नु भएका सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिनु भएको छ। उहाँले दर्जनौ टेलिचलचित्र तथा डकुमेन्ट्री एबम करिब दुई सय बढी म्युजिक भिडियो निर्देशन गरी नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै आईरहनु भएको छ ।

यस अबधिमा उहाँले थुप्रै सम्मान एबम कदर पत्र र अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ। हाम्रो तर्फबाट पनी निर्देशक जनक सिंह लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना ।