Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गोर्खाली रग्वी क्लबलाई साउथन सुवुर्व रग्वी युनियन क्लबको सहयोग

Sunday, October 15, 2023 Devil Singh Rajput

असोज २७ काठमाण्डौ। साउथन सुवुर्व रग्वी युनियन क्लब अष्टे«लियाले गोर्खाली रग्वी क्लबलाई आज एक कार्यक्रम अनुसार काठमाण्डौको टोखा स्थित भुतखेल ग्राउण्डमा रग्वी जर्र्सी सहित खेल सामाग्रीहरु वितरण गरेको छ । अष्ट्रलियन रग्वीका पुर्व राष्ट्रिय रखेलाडी साथै साउथन सुवुर्व रग्वी युनियनका सदस्य समेत रहेका जेपि स्टार्क र गोर्खाली रग्वी क्लबका अध्यक्ष श्री रोहित कार्की, सचिव प्रेम कोइराला, कोषाध्यक्ष श्रीराम श्रेष्ठ त्यस्तै कर्णाली प्रदेश रग्वी संघका अध्यक्ष सुरेन्द्र कुँवर साथै गोर्खाली रग्वी क्लबमा सदस्यहरुमाझ रग्वी खेल सामाग्री वितरण गरेको छ ।


गोर्खाली रग्वी क्लबले हालै मात्र कर्णाली रग्वी प्रदेश संग सहकार्य गरि २ वर्ष सम्मको लागि कर्णाली प्रदेशमा रग्वी खेलको विकार र विस्तारमा सहयोग गर्ने भनि हस्ताक्षर भएको थियो । गोर्खाली रग्वी क्लबको मुख्य उद्देश्य नेपालमा रग्वी खेलको ग्रास रुट देखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल र खेलाडीको विकास र विस्तार गर्ने रहेको छ ।
सन २०१६ मा नेपाल रग्वी संघको पुर्ण सदस्य पाएको गोर्खाली रग्वी क्लबले हाल सम्म थुप्रै प्रतियोगिताहरुको उपाधी जितीसकेको छ । हाल लै मात्र गोर्खाली रग्वी क्लबले लगातार ३ राष्ट्रिय प्रतियोगिताहरु हात पारिसकेको छ ।
गोर्खाली रग्वी क्लबका उपाध्यक्ष र राष्ट्रिय टिमका पुर्व कप्तान कृष्ण थापा हाल न्यूजिल्याण्डमा रग्वी कोचित कोर्षमा सहभागी रहेका छन् उनिकै सहकार्यमा अष्ट्रेलियन साउथन सुवुर्व रग्वी युनियन क्लक संग सहकार्य गरेका थिए । उनका अनुसार नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहने जानकारी गराएका थिए ।
साउथन सुवुर्व रग्वी युनियन क्लबका सदस्य समेत रहेका जेनसेनले भविष्यमा गोर्खाली रग्वी क्लबका खेलाडी र साउथन सुवुर्व रग्वी युनियन क्बल विच पनि मित्रताको हिसावले हामीले एक्चेन्ज प्रोगाम राख्ने र गोर्खाली रग्वीलाई विकास गर्नका लागि हाम्रो सहयोग निरन्तर रहने जानकारी गराएका थिए । सोही अवसरका गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीले पनि हामिले हाम्रा खेलाडीहरुको खेल स्तर बढाउन नेपालमा मात्र एउटा ग्राउण्डको तयारीले मात्र विकास न हुने र खेलाडी विकासका लागी अन्तराष्ट्रिय क्लब युनियन संग सहकार्य गरेर मात्र विकास हुने हुँदा हाम्रो क्लबले भविष्यमा अन्तराष्ट्रिय रग्वी क्बलहरु संग फ्रेण्डसिप म्याच गराउने उद्देश्य रहेको जनाएका थिए ।


उक्त कार्यक्रममा यु २० एसियन गेम प्रतियोगिताको तयारी गरिरहेका यु २० राष्ट्रिय टिमका खेलाडी र गोर्खाली रग्वी क्लबका सदस्य समेत रहेका प्रमेस पनेरु प्रतियोगिता तयारीका क्रममा घाइते भएका थिए र उसलाई नगद रु १० हजार सहयोग गरेको थियो यसले गर्दा खेलाडीको हौसला मनोबल उच्च रहने विश्वासरका साथ हामिले खेलाडीलाई सहयोग गरेका हौँ क्लबका सचिव प्रेम कोइरालाले बताएका छन् र क्लबले यु २० एसियन गेम प्रतियोगिताको तयारी गरिरहेका महिला टिमका यसोदा बोहोरालाई पनि गोर्खाली रग्वी क्लबले आर्थिक रकम सहयोग गर्ने भनेका छन् ।
अवको दिनमा गोर्खाली रग्वी क्लबले राष्ट्रिय प्रतियोगिताका साथै जुनियर टच रग्वी खेलाउने समेत जानकारी गराएका छन् ।