Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एनआरएनए चुनावमा रोबिन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)को उपाध्यक्षमा उम्मेदवारी

Friday, October 13, 2023 National Power

समीर लामा ,काठमाडौं – जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।

आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।