Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

समाजसेवामा सक्रिय ईन्जिनियर शिवभक्ति

Friday, October 6, 2023 National Power

काठमाण्डौ- इन्जिनियर रूपमा चिनिँदै आउनु भएका महेश शिवभक्ति पछिल्लो समय आफूलाई समाजसेबी रूपमा पनि चिनाउने प्रयासमा लाग्नु भएको छ । महेश शिवभक्ती एक इन्जिनियर हुनुका साथै एक सामाजिक कार्यकर्ता पनि हुन् जसले हालसालै आफूले कमाएको अधिकांश आफ्नो आम्दानी असहाय बालबालिका, वृद्धाश्रम र विभिन्न क्षेत्रमा दान गर्न सक्रिय रूपमा संलग्न छन्। उनी अहिले सनराइज कम्प्युटर टेक्नोलोजीमा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत छन् । उनले धेरै इन्जिनियरिङ परियोजनामा काम गर्दै आएका छन् ।

उहाको जन्म २०५१ मा काभ्रे को धुलिखेल-११ पण्डित गाउमा बुबा मिन बहादुर बि.क. र आमा तुलसा बि.क. को कोख बाट भएको थियो। उहाको परिवारमा कान्छो सन्तान को रुपमा जन्म भएको थियो। महेश शिवभक्ति ले आफ्नो बाल्यकाल धुलिखेल मै बिताउनु भयो। बाल्यकालबाट महेश अध्ययनमा, सांगीतिक क्षेत्रमा धेरै रुची ,सालिन , मिलनसार र सहयोगी व्यवहारका हुनुन्थ्यो । उहाले आफ्नो अध्ययन श्री काली देवी माध्यमिक बिद्यालयबाट सुरु गर्नु भयो र एस एल सी उतिर्ण पनि श्री काली देवी माध्यमिक बिद्यालयबाट गर्नु भयो। एस एल सी सम्मको अध्ययन अबधिमा उहा सधै प्रथम स्थान हासिल गर्नु भयो।

सानै बाट सहयोग को भावना हुनु भएका महेश Nepal Scouts आबद्द रही स्वयंसेवक को भूमिका निभाएर सामाजिक कार्यक्रममा, बिद्यालयमा भएका कार्यक्रममा र समाजमा कसैलाई आपत बिपत पर्दा सहयोग गर्दै आफ्नो अध्ययन लाई निरन्तरता दिदै जानु भयो। उहाको बिज्ञान विषय अध्ययन गर्ने सपना भएको हुनाले एस एल सी ई पछि NIST College Banepa मा बिज्ञान संकाय भर्ना हुनु भयो।

उहा एक जेहेन्दार विद्यार्थी भएको हुनाले केहि प्रतिशत छात्रवृत्ति पनि पाउनु भयो र आफ्नो +२ मा राम्रो प्रतिशत ल्याउन सफल हुनु भयो। माध्यामिक शिक्षाको अध्ययन पूरा गरेपछि महेश उच्च शिक्षा अध्ययन गर्न राजधानी काठमाडौंमा आउनुभयो। सानैबाट उहाको इन्जिनियर बन्ने सपना भएको हुनाले इन्जिनियरिङको प्रवेश तयारीको लागि PEA मा भर्ना हुनुभयो।पोखरा विश्वविद्यालयले २०७१ मा लिएको छात्रवृत्ति प्रवेश परीक्षामा उहाले राम्रो अंक सहित स्नातक तहको कम्प्युटर इन्जिनियर संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुनु भयो। उहाको सफलतालाई लाई मध्यनजर गरि NIST College Banepa ले Higher Achievment Awards ले सम्मान गरेको छ। उहाले पोखरा विश्वविद्यालयबाट कम्पुटर इन्जिनियरिङमा स्नातक गर्नु भयो।

महेश अध्ययन, समाज सेवा संगै सांगीतिक क्षेत्रमा पनि उतिकै रुचि हुनु भएको व्यक्ति हुनु हुन्छ। २०१९ मा उहाले आफ्नो शब्द र स्वोरमा एउटा गीत निकाल्नु भएको छ। गीतको यल्बम को नाम ” दिन रात हेरी रहन्छु तिम्रो तस्बिर हरु” रहेको छ जुन गीतको संगित् राकेश सोनी ले गर्नु भएको छ र KHABAR YOUTUBE बाट यो गीत बजारमा उपलब्ध गरिएको छ। सांगीतिक क्षेत्रमा उहाको नाम महेश शिवशंकर रहेको छ।धेरै सांगीतिक कार्यक्रममा उहाले आफ्नो गीत गाएर दर्सक लाई मनोरंजन दिने काम गर्नु भएको छ। आफ्नो काम संगै बिभिन्न क्षेत्रमा सामाजिक सेवामा समेत लागिरहनु भाको छ। उहाको कार्य क्षेत्र, सहयोग र सामाजिक सेवालाई मुल्यांकन गरि धेरै संघ संस्था ले सम्मान पत्र र अवार्ड्सहरु प्रदान गरेको छ। आफुलाई सधै समाज सेवामा समर्पित गर्ने उहाको अठोट रहेको छ।