Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एन आईसी एशिया बैकको कर्जा प्रबाहमा ठगैती धन्दा

Tuesday, October 3, 2023 National Power


सञ्जय कार्की/ रौतहट- ऋण लगानी गर्दा एन आईसी एशिया बैकका कर्मचारीले ग्राहक संग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताउनु भयो । ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८का प्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेका हुन । कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ता संग बुझन खोज्दा उनी सम्पर्क बिहीन बनेका छन ।

कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एन आईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती–१का प्रोपाईटर अशोक कुमार साह संग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न ब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ ।

यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साह संगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८का चेकको बिबरण बैकले नदिएको बताइएको छ । एन आईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राज खनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताउनु भयो ।