Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् , त्यसलाई नियमन गर्नुपर्छ’: चेम्बर उपाध्यक्ष श्रेष्ठ

Monday, October 2, 2023 Devil Singh Rajput

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले अनुगमन गर्ने नाममा आतंक मच्चिने गरेको बताउनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको १८ ओैँ बार्षिक साधरण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘नेपालमा जहिलेपनि चाडबाड आउँदा मात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थालेमात्र हैन विभिन्न संस्थाले अनुगमन गर्छ । अनुगमनको नाममा आतंक मच्चाएर मात्र हुँदैन् । त्यसलाई नियमन गर्नुपर्छ’।

श्रेष्ठले कालो बजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने बताउनु भयो । उहाँले बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने तर  सबै व्यापारीले बदमासी गर्छन भन्ने नहुने र चोर भन्न नमिल्ने बताउनुभयो ।  उपाध्यक्ष श्रेष्ठले नीति बनाउने बेलामा निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा निजी स्वार्थ बोकेका व्यवसायीहरुलाई सहभागी गराउने गरिएकाले महंगी लगायतका समस्या बढदै गएको समेत औंल्याउनुभयो ।  उहाँले राष्ट्रिय उपभोक्ता मंच जस्ता अधिकारमुखी संस्थाले यस्ता क्रियाकलापका विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुका साथअनुगमनको नाममा व्यवसायीलाई आतंकित गराउने कार्य बन्द नगर्ने हो भने व्यवसायीहरुको मनोबल उकासिन नसक्ने र आर्थिक गतिविधि ठप्प हुनसक्ने खतरा बढ्ने उल्लेख गर्नुभयो ।