Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

यस वर्षको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ सारंगी बादक गन्धर्वलाई प्रदान गरिने

Saturday, September 23, 2023 National Power

काठमण्डौ– नेपाली साँगीतिक आकाशका लोकप्रिय साङ्गीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ३ वाषर्् अगाडी स्थापना भएको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ यसबर्ष अग्रज तथा बरिष्ठ सारंगी बादक कृष्ण बहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ । असोज ६ गते शनिबार राजधानीमा टिका गोपाल एम्. क्रियशनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा बसेको बैठकले पुराना संगीतकर्मी अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक गन्धर्वलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत गर्न लागिएको कुरा कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।

नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पण गर्नु भएका संगीतकर्मी एबम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुन् । गन्धर्वलार्ई नगद रू. ५१ हजार सहित सम्मान पत्र प्रदान गरिने कुरा समेत कार्यक्रमका संयोजक एवं सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।
कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशिल गायक एवम् सङ्गीतकारको रूपमा परिचित छन् भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली साङ्गीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षहरुदेखी निरन्तर रुपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एक जना सङ्गीतकर्मीलाई नगद राशी सहित सम्मान गर्दै आएको छ ।

यसअघि बरिष्ठ लोकगायिका चन्द्रकला शाह र बरिष्ठ गीतकार विश्व बल्लभ नेपालीलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत गरिसकिएको छ । भने यस वर्ष यो पुरस्कारवाट संगीतकर्मी एवम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कृत गर्न लागिएको हो । यस अघि पुरस्कृत हुने ब्यक्तित्वहरु स्वतः ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकार समेत रहने प्रबधान रहेको समितिका सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेलले बताए ।

टिका गोपाल एम्. क्रियशनको आयोजना रहने ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा बरिष्ठ सल्लाहकारका रुपमा बिशिष्ठ संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का उपकुलपति शम्भुजित बासकोटा, सल्लाहकारहरुमा विशिष्ठ लोकगायिका चन्द्रकला शाह, विशिष्ठ गीतकार विश्व बल्लभ रहेका छन् भने अफिसियल उद्घोषक बरिष्ठ रेडियोकर्मी हेम सुवेदी एबम् समचार संयोजकमा बरिष्ठ संचारकर्मी कृष्ण भट्टराई रहेका छन् । त्यसैगरी ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्ष गीता सिंह, कार्यक्रमका संयोजक चलर्चित संगीतका सन्तोष श्रेष्ठ, सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेल सदस्यहरु मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, संचारकर्मी कमला जोशी, श्रृजना श्रेष्ठ र अनुगीत सिंह बागदास लगायतका रहेका छन् ।