Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विश्व शान्ति दिवसको अवसरमा शान्ति गीत सार्वजनिक

Saturday, September 23, 2023 National Power

काठमाण्डौ – बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा सो कार्यक्रम भएको हो । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।

अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजनीन चेतनाको उपज भएको बताइन् ।रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।

विश्वभरका मानिसहरुबिच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।