Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले शुरु गर्यो अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था

Thursday, September 14, 2023 Devil Singh Rajput

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता घरैबाट गर्नसक्ने गरि अनलाइन व्यवस्था मिलाएको छ । पालिकाले यस चालु आर्थिक बर्ष २०८०र ५ र २६ गते देखि गाउँपालिका भित्रका सबै नागरिकहरुले घरमै बसेर अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले जानकारी दिनुभयो ।

व्यक्तिगत घटना दर्ता सम्बन्धि जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध बिच्छेदका घटना अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहदै आएको छ, उहाँले भन्नुभयो, यसका लागि वडा कार्यालयमा धाएरै जानुपर्ने बाध्यता गाउँपालिकाबासीहरुको रहेको थियो, त्यसलाई अन्त्य गर्न गाउँपालिकाले अनलाईन मार्फत नै घटना दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो । घटना दर्ताका लागि मोवाईल वा कम्युटर मार्फत विवरण अनलाइन फारम भर्न सकिनेछ ।अनलाइन फाराम भर्दा प्राप्त टोकन नम्बर लिएर आफ्नो वडा कार्यालयबाट सहजै प्रमाणपत्र लिन समेत व्यवस्था गरिएको छ ।

यस बारपाक सुलिकोट गाउँपालिका भित्रका केही वडाहरुमा वडा कार्यालयसम्म पुग्न पनि घण्टौ हिड्नुपर्ने बाध्यता रहेकाले नागरिकहरुलाई घरघरमा सेवा पुर्याउन घटना दर्ता अनलाईन माध्यमबाट गर्न सुरु गरिएको हो ।बसाईसराई नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकहरुका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने उहाँले बताउनुभयो । वडा कार्यालय मार्फत घटना दर्ता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था गरिएको पालिका अध्यक्षको भनाई छ । अब अन्य बिषयको जानकारी छिट्टै अनलाइन मार्फतनै जनताको घर(घरमा पुर्याउने उदेश्य रहेको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो ।

सुलिकोटका स्थानीय समेत रहनुभएका समाजसेवी एवम् वाईसिएल केन्द्रिय सदस्य धिरज उपरकोटी उक्त कार्यको सर्हाना गर्नुहुन्छ । ’गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका पहिलो कार्यकालमा समग्र गोरखा जिल्ला मध्ये विकास निर्माण र जनपक्षिय कामको आधारमा उत्कृष्ट गाउँपालिका बन्दै चर्चामा आएको थियो, अहिले पनि राम्रो काम हुँदै आएको देख्दा सुन्दा निकै राम्रो लाग्छ’ उहालेँ भन्नुभयो ‘ यहाँ विकास गतिविधिले तिव्रता पाउदै आएको छ । गोरखा बारपाक सुलिकोट एतिहासिक भुगोल पनि हो । लाहुरेहरूको बढी बसोवास रहेको गाउँ बारपाक जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको जन्मथलो पनि हो। वडा न ८ पन्द्रुङमा जन्मेका रम्तेलले वडा न ८ जराङमा शहादत प्राप्त गरेका थिए । जनयुद्दका प्रथम शहिद र अन्य शहिदहरुको रगतले सिँचित यस भूमिले विकासमा छलाङ मार्ने विश्वास लिएको छु’ ।