Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न

Wednesday, September 13, 2023 National Power

काठमाण्डौ- चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न भएको छ । मंगलबार राजधानीको होटल हार्दिक बागबगारमा सम्पन्न मञ्चको निर्वाचनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितिय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, उपमहासचिवमा तेज बहादुर गिरी, सचिवमा निर बहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवन कुमारी भोलन (रोशनी), सहकोषाध्यक्षमा संगीत सागर बुर्जा निर्बिरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मायादेवी सिङतान, बिश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्ति कुमारी डिमडुङ, राखिन्द्र कुमार थिङ, ध्रुब चौलागाई र सुभाष गोतामे निर्बिरोध निर्वाचित भएका छन् ।

चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुल बिक्रम रायमाझी निर्वाचन अधिकृत रहेका थिए । मंगलबार नै निर्वाचन कमिटीले नव–निर्वाचित पदाधीकारीहरुलाई विजयीको प्रमाण पत्र समेत प्रदान गरेको छ । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तथा आजिवन माधवराज खरेललाई सम्मान गरिनुका साथै सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी कमला जोशी, गायिका सरिता भारती, छायाँकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदर पत्र प्रदान गरिएको थियो ।

संस्थाका मानार्थ सदस्यहरु गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर गिरी, सौन्दर्यकर्मी गीता पौडेल समेत उपस्थिती रहेको कार्यक्रममा आजिवन सदस्यहरु बिमला भुजेल, गोबिन्द बहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष रखालले आगामी दिनमा नेपाली चलचित्रको संरक्षणका लागि शशक्त रुपमा लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन् । यस्तै प्रथम उपाध्यक्ष सिग्देलले नेपाली चलचित्रको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । यस्तै द्वितिय उपाध्यक्ष राउतले सामुहिक एकता र सहकार्यबाट मात्र नेपाली चलचित्रको विकास, विस्तार र प्रर्वद्धन सम्भव भएको भन्दै आफु यसैमा केन्द्रित रहने बताए ।