Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न

Wednesday, August 30, 2023 National Power

काठमाण्डौ – तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड बैंककमा सम्पन्न भएको हो । लामो समयदेखि आ( आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित म्यानमार,थाईलैण्ड र युएईबाट करिव ३ दर्जन व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो भने ,साहित्य तर्फ राधादेवी पराजुली,सामाजिक सेवाका लागि टंक प्रसाद न्यौपाने,शान्ता कुमारी दाहाल भट्टराई, र लक्ष्मी प्रसाद संग्रौलालाई प्रदान गर्दा, शिक्षा सेवाबाट जयन्ती शिवाकोटीलाई,बैंकिङ क्षेत्रबाट रन्जु खत्री र युवा व्यबसायी एवं प्रवास सेवाबाट यदु केसीलाई सम्मान प्रदान गरिएको थियो । बैंककको होटल सायम सिजनमा आयोजित कार्यक्रममा यो वर्षको स्टार ईन्टरनेशनल अवार्ड पाउनेहरुमा उत्कृष्ट गीतकारको तर्फबाट प्रमोद भट्टराई ‘प्रतिक’,उत्कृष्ट मेकअप आर्टिष्ट हेयरमा सविना खड्का, उत्कृष्ट कोरियोग्राफरमा महेश गोदार,उत्कृष्ट व्युटिसियन सरिता पत्रवंश, उत्कृष्ट होटल तालीम केन्द्रमा ग्रिनल्याण्ड होटल तालिम केन्द्र,उत्कृष्ट मोडल प्रकाश वोसेल,उत्कृष्ट ईमर्जिगं विजनेश अफ दि ईयरका लागि प्रविन रानाभाट रहेका थिए ।

यसै गरि, मोडल अफ द ईयरका लागि अनुप अधिकारी, उत्कृष्ट प्याजेन्ट मोडलका लागि रितिका शाह, ईमर्जिङ कन्सल्टेन्सीका लागि जजमेन्ट एजुकेशन फाउण्डेशन, उत्कृष्ट एभिएसन टेनिङ ईन्ष्टिच्यूटका लागि गिता एभिएसन,उत्कृष्ट दशक चरित्र अभिनेता अवार्डबाट वरिष्ठ कलाकार उद्धव प्रसाद भट्टराईलाई प्रदान गरिदा उत्कृष्ट दशक अभिनेताबाट श्रीदेव भट्टराई र उत्कृष्ट व्यबसायीमा गोपाल खड्कालाई अवार्ड प्रदान गरिएको थियो । यसै गरि विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरु उत्कृष्ट लोक दाहोरी गायक विर्ख कामी र उत्कृष्ट पप गायक अर्जुन खरेलको अवार्ड अन्य सहभागीलाई प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अधिकारी,विशेष अतिथीहरु घिमिरे , तिमल्सिना र आयोजक कमिटीका अध्यक्ष राज लुईटेलले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।

समारोहमा प्रमुख अतिथी अधिकारीले आफु गीत संगीतमा लामो समयदेखि लगाव भएकाले यस्ता कार्यक्रममा सहभागी हुन पाउनु निकै गौरवान्वित महशुस भएको र आफ्नो नेतृत्वमा रहेको कर्पोरेशनको महत्वपूर्ण गन्तव्य रहेको थाईलैण्डमा नै यसरी ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनुलाई अवष्मरणीय क्षणको रुपमा लिएको कुरा बताए । भने अन्य उपस्थिती विशेष अतिथीहरुले विदेशमा यस्तो भव्य कार्यक्रम गर्न सफल भएकोमा आयोजक संस्थालाई वधाई तथा धन्यवाद दिएका थिए ।

कार्यक्रमको संचालन संचारकर्मी सोनीत राज ढुंगेलले गरेका थिए । राष्टखवर,पव्लिक सूचना तथा नेपाल एयरलाईन्सको सहयोग रहेको कार्यक्रमसंगै थाईलैण्ड मलेसिया तथा सिंगापुरमा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिने कार्यक्रम रहेको छ ।
यस अघि कतारमा पहिलो संस्करण गरिएको स्टार ईन्टरनेशन अवार्ड दोश्रो नेपालमा र तेश्रो थाईलैण्डमा गरिएको हो ।